शुक्रबार १९ जेठ २०८०

नुहाउन पोखरीमा पसे तर निस्कन पाएनन्, एकै पटक पाँच जना बालिकाहरूको नि’धनले गाउँ शो’कमा???
Posted on June 14, 2021 Authoradmin Comment(0)
धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका- ६की १२ वर्षीया लक्ष्मीनिया यादव शुक्रबार बिहान करिब ८ बजेतिर घरबाट बाख्रा चराउन निस्केकी थिइन्। गाउँकै एक बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने उनी बाख्रा चराउन जानु भन्दा केही बेरअघि मात्र ट्युसन पढेर आएकी थिइन् । ट्युसनबाट फर्केपछि लक्ष्मिनियाले रोटी र तरकारी खाइन् ।

अनि बाख्रा चराउन हिँडिन् ।बाटोमा बाख्रा चराउँदै गरेका गाउँका अरु साथीहरू भेटिए । लक्ष्मीनियासँगै उनका साथीहरू १० वर्षीया चन्द्र कुमारी भगत, १३ वर्षीया मञ्जु पूर्वे, १२ वर्षीया चान्दनी ठाकुर र १२ वर्षीया ललिता साह तथा अरु तीन जना बालक मिलेर बाख्रा चराउन थाले । लक्ष्मी नियाका हजुरबुबा रामलक्ष्मण यादवका अनुसार उनीहरू प्राय त्यतैतिरको चौरमा बाख्रा चराउन जान्थे । र, दिउँसो पोखरीमा नुहाउने गर्थे ।उनीहरूसँगै रहेका बालकहरूका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे लक्ष्मीनियासँगै उनका अरु चार जना साथी नुहाउनका लागि पोखरीमा हा’म फा’ले। तर, केहीबेरसम्म उनीहरूको अ’त्तोपत्तो देखिएन । पोखरीको डिलमा रहेका बालकले पटक-पटक उनी हरूलाई बोलाए । तर, पनि पोखरीमा हा’म फा’लेका युवतीको अ’त्तोपत्तो लगाउन सकेनन् ।

स्थानीका अनुसार उनीहरूको अ’त्तोपत्तो नदेखेपछि बालकहरू आत्तिए ।चि’च्याउँदै मानिसहरू बोलाउन गाउँतर्फ दौडिए। लम्क्ष्मीनियाका हजुरबुवा रामलक्ष्मणका अनुसार बालिकाहरू हा’म फा’ले लगत्तै अरु तीन जना बालक मध्ये दुई जना पनि पोखरीमा हा’म फा’लेका थिए। तर, उनीहरू डु’ब्न लागेको देखेर अर्का एक जनाले हात ताने’र तुरन्तै उनीहरुको उद्धार गरेका थिए । बालिकाहरू डु’बेको करिब २५ मिनेटपछि बालकहरू आत्तिँदै बोलाएपछि गाउँलेहरू पोखरीमा आए ।त्यतीन्जेल पाँचैजना बालिकाको श,व पोखरीमा तैरिरहेको थियो । एकै पटक पाँच जना बालिकाहरूको मृ,त्युले गाउँ शो’कमा छ । आफन्त पीडामा छन् । छिमेकीहरू सम्झाइबुझाइ गरिरहेका छन् । ‘तीन जना छोरामा एउटै नातीनी थिइन् ।


Last Updated on: June 14th, 2021 at 8:20 pm
४५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया