
काठमाडौं,हिन्दु धर्ममा सबै वारहरुमा कुनै न कुनै भगवानको विशेष आराधना गरिन्छ । हरेक वारको महत्व हुन्छ । आज आज मंगलबार भगवान गणेशको मुख्य दिन हो । मंगलवार हनुमानको पनि आराधना गरिन्छ । मंगलवार भगवान गणेशका दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ।
बक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा ।
निर्विघ्नं कुरू मे देव सर्व – कार्येशु सर्वदा ।।
करोडौं सूर्यको जस्तो तेज भएका भगवान गणेश देवलाई आराधना गर्नाले बिघ्न बाधा र अधुरा काम पूरा हुने विश्वास छ । हिन्दु धर्म शास्त्रमा जुनसुकै भगवानको पुजा गर्दा सबैभन्दा पहिला गणेशको आराधना गरिन्छ ।
गणेशको आराधना नगरी गरिएको पुजाको फल प्राप्त नहुने धार्मीक मान्यता छ । त्यसैले गणेश भगवान सबैभन्दा सर्वश्रेष्ठ हुन् । शास्त्रअनुसार मंगलबारको दिन गर्न केही काम गर्न बर्जित पनि गरिएको हुन्छ ।
सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।
मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।
कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।
१. मंगलबारको दिन कपाल वा दारी र नङ काट्नु हुँदैन । यसो गर्नाले स्वास्थ्य बिग्रने भय रहन्छ ।
२. मंगलबार कसैसंग झुटो बोल्नु हुँदैन । यसले हानि निम्त्याउन सक्छ । बरु नबोल्नुहोस् ।
३. मंगलबारको पैसाको लेनदेन गर्नु हानिकारक मानिन्छ । यसले धन हानि हुने संभावना रहन्छ ।
४. मंगलबार सकेसम्म घरमा हवन गर्नु हुँदैन ।
५. यस दिन सौन्दर्य सामाग्री खरिद गर्नु हुँदैन । अन्यथा वैवाहिक सम्बन्धमा दरार आउन सक्छ ।
६. मंगलबार दूधका परीकार किन्नु, सेवन गर्नु वा दान गर्नु हुँदैन । भगवानलाई चढाउन भने हुन्छ ।
७. मंगलबार कालो रंगको कपडा धारण गर्नु हुँदैन । रातो रंगको कपडा लगाउनु उत्तम हुन्छ ।
८. यस दिन फलामका सामान खरीद गर्नु हुँदैन ।
९. मगंलवार ब्रत वस्ने वा दान गर्ने ब्यक्तिले गुलियो परीकार सेवन गर्नु हुँदैन ।
१०. हनुमानको व्रत बस्ने मानिसले दुबै छाक नुनको सेवन गर्नु हुँदैन ।
११. मंगलबारको दिन झग*डा गर्नु हुँदैन । अन्यथा आफ्नै बेइज्जत हुने खतरा रहन्छ ।
१२. मंगलबारको दिन धा*रिलो बस्तुको खरिद गर्नु हुँदैन । जस्तो चक्कु, छुरी कैचीं ।
१३. मंगलबार भुलेर पनि आमासंग ठुलो स्वरमा कुरा गर्ने वा बहस गर्ने गर्नु हुँदैन ।
१४. मंगलबार पशु ब*लि दिनु हुँदैन । पशुव*ली दिएमा सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
१५. मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्नु हुँदैन । अन्यथा मानिसको बुद्धी भ्रमित हुन्छ ।
१६. मंगलबारको दिन माछा खानु हुँदैन यसले आर्थिक नोक्सानी बनाउने गर्दछ ।
१७. मंगलबारको दिन मासुको पनि सेवन गर्नु हुँदैन । मंगलबार मासु खँ“दा कुटुम्बको क्ष*य हुन्छ ।
१८. यस दिन मदि*रा सेवन गर्नु हुँदैन यसले क्रो*ध वृद्धि गर्ने र आ*पराधिक मानसिकता बनाउछ ।