
खोप लगाएपछि एउटा कार उपहार लिएर जानुहोस, यो देशले गर्यो अचम्मको अफर
June 14, 2021 41
एजेन्सी । संक्रमणको महामारी रोकथामका लागि विश्वभर खोप अभियान प्रयोग भइरहेको छ। खोपका लागि सर्वसाधारणको चासो बढाउन विश्वमा अनेकौ उपाय अपनाइएको छ । खोप लगाउनेलाई विभिन्न पुरस्कारको ब्यवस्था गरिएका छन् । तर रसियामा भने निकै आकर्षक अफर छ । रसियाले आफ्नो देशका नागरिकहरूलाई खोपका लागि प्रोत्साहन गर्न अनौठो अफर गरेको छ । रसियामा सर्वसाधारणले खोपका लागि चासो नदेखाएपछि १० लाख मुल्य पर्ने कार अफर गरेको छ ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले आइतवार घोषणा गरेर खोप लगाउनेहरुलाई १० लाख मुल्य पर्ने नयाँ कार सित्तैमा दिने बताएका छन् । यसको साथसाथै उनले आशा व्यक्त गरे कि यसले खोपको दरमा सुधार ल्याउनेछ । सित्तैमा महंगो कार पाउने भएपछि मानिसहरु खोप लगाउन आउने आशा गरिएको छ ।
मेयरको घोषणा अनुसार १८ वर्ष भन्दा माथिका कोही पनि ब्यक्ति १४ जुनवाट पहिलो खोपको डोज लगाउँछ भने त्यो यो उपहारको योजनामा पर्नेछ । यो खोप लिन मानिसहरूलाई आकर्षित गर्ने यो अनौठो योजना जुलाई ११ सम्म चल्नेछ। अर्को चार हप्तामा, कम्तिमा ५ कारहरू प्रत्येक हप्ता लकी ड्रमा प्रदान गरिनेछ। मास्को मेयरको पहलमा करिब २० वटा कार दिइने सम्भावना छ मानिसहरूलाई खोप केन्द्रहरूमा लैजान यो निकै आकर्षक उपहार मानिएको छ ।
मस्को रसियामा सबैभन्दा बढी प्रभावित शहरहरू मध्ये एक हो। मेयरले भने कि मस्कोले बिरामीहरूका लागि हजारौं अस्थायी अस्पतालहरु निर्माण गरिएका छन् । बासिन्दाहरूलाई भाइरसको फैलावट रोक्न सहयोगको लागि यस हप्ता घरभित्रै बस्न भनिएको छ । तर यो अस्थायी समाधान भन्दै मेयरले खोपका लागि सबैलाई आग्रह गरेका छन् । उनले एक ब्लग लेख्दै यस्तो आग्रह गरेका हुन् ।