शनिबार २३ मंसिर २०८०

श्रीमान बिदेश, छोरा पढाउन सहर राखेकि श्रीमती २ वर्षीय छाेरासहित सम्पर्क बिहिन म
Posted on March 20, 2021 Authoradmin Comment(0)
सल्यानकाे बागचाैरमा जेठाजु बुहारी सम्पर्क बिहिन भएकाे घटना सेलाउन नपाउँदै सल्यानमा त्यस्तै खालकाे अर्काे घटना भएकाे छ । जिल्लाकाे शारदा नगरपालिका ६ घर भई हाल श्रीनगरमा बस्दै आएकी २२ वर्षिया ज्योति कुमारी बुढाथोकी आफ्नो २ वर्षे छोरा सहित बुधबारदेखि सम्पर्क विहिन भएकी छन् ।

श्रीमान बिदेशमा भएकाे र श्रीनगरमा काेठा लिएर बस्ने उनि ५ वर्षकी छाेरीलाइ स्कुल पठाएर बुधबार बिहान ११ बजेबाट २ वर्षीय छाेरासहित सम्पर्क बिहिन भएकाे बताइएकाे छ । छिमेकीका अनुसार उनले लामाेसमयदेखि एकजना ड्राइभरसँग फाेन गर्दै आएकी थिइन् ।

उनकाे खाेजिकार्यका लागि परिवारले प्रहरीमा निवेदन समेत दिएकाे जनाएकाे छ । उनलाई भेट्ने व्यक्तिले ९८६८२४४५९५ सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन । ज्योतिका श्रीमान हाल बैदेशीक रोजगारीको सिलसिलामा मलेसिमा रहेको बताइएको छ ।

यसअघि साेमबार मात्रै बागचाैरबाट जेठाजु नाता पर्ने प्रमाेद भण्डारी र बुहारी प्रतिमा सेजवाल भण्डारी सम्पर्क बिहिन भएका थिए


Last Updated on: June 15th, 2021 at 1:41 am
५०० पटक हेरिएको

तपाईको प्रतिक्रिया