शुक्रबार ०५ आश्विन २०८०

बिबिरा आएपछि देखाउन हिँडेर अस्पताल पुगेकी छोरी नेहा लाश बनेर फर्किइन्
June 15, 2021 67
काठमाडौं । शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल भर्ना भएकी नेहा तुलाधरको मृत्यु भएको छ ।स्वयम्भु स्थित मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले नेहाको मृत्यु भएको भन्दै बिरामीको आफन्त आन्दोलनमा उत्रिएका छन् ।

धापासीमा बस्दै आएकी २१ वर्षीया नेहा तुलाधरको शनिबार बेलुका ८ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।उनलाई मंगलबार पत्थरीको अप्रेसनको लागि अस्पताल भर्ना गरिएको थियो ।अस्पतालको लापरबाहीले नेहाको मृत्यु भएको भन्दै आफन्तले बताएका छन् ।उनको सामान्य अप्रेशन गरिएको थियो भने अप्रेशन सफल भएको थियो तर, एक्कासी अस्पतालले मृत्यु भएको घोषणा गरेपछि आफन्त तनावमा छन् ।

बिरामीको हेरचाहमा रहेकी मृतककी साथी सोफी तामाङका अनुसार अप्रेसन सकिएपछि नेहा सामान्य अवस्थामा फर्किएकी थिइन् ।अप्रेसन सफल भएको केही समयपछि नै उनी होसमा आएकी थिइन् ।त्यसपछि बिहीबारदेखि सामान्य बोलीचालीको अवस्थामा फर्किएको तामाङले बताइन् ।

बिरामीका आफन्तहरुले डाक्टरहरुले लापर्वाहीले नै मृत्यु भएको बताएका छन् । मृत्युपछि अस्पतालले आफन्तलाई लाश समेत हेर्न नदिएको गुनासो गरेका छन्। बिबिरा आएपछि देखाउन हिँडेर अस्पताल पुगेकी छोरी नेहा लाश बनेर फर्किएपछि अहिले परिवारको मन थाम्ने ठाउँ छैन । परिवार निक्कै शोकाकुल बनेको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: June 15th, 2021 at 11:48 am
८०८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया