मंगलबार २३ जेठ २०८०

झापा ।

मान्छेले गाइकाे जुठो बोकेका छ भन्दा अचम्म लाग्न सक्छ । यस्तै अचम्मको काम गरेका छन् झापाका एक व्यक्तिले गाईकाे किरिया गरेका छन् ।

झापा मेचीनगर २ बाहुनडाँगीका खगेन्द्र दाहाल गाइको १० दिने काजकिरिया बारेर बसेका छन् । दाहालले आफैले पालेको गाईको सात दिन अघि ग्वालीमा बाँधेकै अवस्थामा मृत्यु भएपछि १० दिने काजकिरियामा बसेको उनले बताए ।

‘गाइ ब्याएको १० दिनको दिन म र्यो,’ दाहालले भने, ‘परिवारकै सदस्यको मृत्यु भए जस्तो लाग्यो त्यसैले १० दिनसम्म काजकिरिया गर्ने सोचेर बसेको छु ।’

सुत्केरी अवस्थामा नै गाइको मृत्यु भएकाले निक्कै दुःख लागेको दाहालले बताए । बाहुँनडागी संगम चोकका ५३ बर्षिय दाहालका घरमा पालेका दुई वटा गाइमध्ये भर्खरै ब्याएको लाल्मु गाई केही दिन बिरामी भएर जेठ २५ गते मृत्यु भएको थियो ।


Last Updated on: June 15th, 2021 at 12:04 pm
३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया