शनिबार २३ मंसिर २०८०

काठमाडौं, जेठ ३१ । राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ ।ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा सोमबार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो ।

प्राप्त भेन्टिलेटर मन्त्रालयमार्फत् विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गर्ने जनाइएको छ । भेन्टिलेटर बुझ्दै मन्त्री तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा विरामीलाई बेडको अभाव हुन नदिनेगरी पूर्वाधारको विकास गरिने बताउनुभयो ।उहाँले स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने भन्दै नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न पनि अपिल गर्नुभयो ।

nepal24times


Last Updated on: June 15th, 2021 at 12:08 pm
४५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया