बिहिबार १४ मंसिर २०८०

एजेन्सी / मुलुकमा को’भिड–१९ को सङ्क्रमण अवस्थाबारे चि’न्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले को’रोना भाइर’स सम्बन्धी खो’प नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खो’प लगाउन आग्रह गर्नुभएको छ ।

अमेरिकी समय अनुसार सोमबार अपरान्ह् उहाँले ट्वी’टर मार्फत् सन्देश जा’री गर्दै भन्नुभयो, “यदि तपाई (अमेरिकी नागरिक)हरूले खो’प लगाउनुभएको छैन भने बिना कुनै ढिलाई खो’प लगाउनुहोस् । धेरै स्थानहरूबाट खो’प सेवा उपलब्ध भइरहेको बताउँदै उहाँले थप्नुभयो, “हामीसँग यो भाइ’रसलाई परा’स्त गर्न अझ धेरै काम बाँकी छ । सङ्क्र’मण दरलाई कम गर्न खो’प लगाउनुको विकल्प छैन ।” उहाँले सङ्क्र’मणका कारण अमेरिकामा लगभग छ लाख व्यक्तिको मृ’त्यु भएको पनि बताउनुभयो ।

“महामा’रीका कारण विश्व अर्थतन्त्रमा प्रभा’ब परेको बताउँदै उहाँले भन्नुभयो, अमेरिका लगायत विश्वका कुनै पनि मुलुकले महामा’रीका कारण ठूलो आर्थिक क्ष’ति व्यहो’रेको छ । संयुक्त राज्य अमेरिका खोप अभियानपछि महा’मारी नियन्त्र’णका साथै आर्थिक वृद्धिको बाटोमा अग्रसर भइसकेको र स्वास्थ्यका हिसाबले पनि देशका अधिकांश भागमा अवस्था सामान्य भइसकेको उहाँले दा’वी गर्नुभएको छ ।

धेरै जसो देश सामान्य अवस्थामा फर्किएको छ र हाम्रो आर्थिक सुधारले विश्वलाई नेतृत्व गरिरहेको छ । को’भिड–१९ सङ्क्र’मणका कारण भएको मृ’त्युको सङ्ख्या उल्लेख्य रूपमा घट्दैछ । यद्यपि यसैमा सन्तुष्टि लिने अवस्था भने आइसकेको छैन ।

 

यसैबीच ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) शिखर सम्मेलनपछि गरिएको पत्रकार सम्मेलनका क्रममा उहाँले अमेरिकामा को’रोना भा’इरसबाट अझै पनि औसत दैनिक ३७० व्यक्तिको मृ’त्यु भइरहेको बताउनुभएको छ ।

रो’ग नियन्त्र’ण तथा रोकथा’म केन्द्र (सीडीसी) का अनुसार राष्ट्रिय रूपमा आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत बयस्क अमेरिकीहरूले खो’पको कम्तिमा एउटा मात्रा लगाउने उद्देश्य राखेको छ । सरकारको यो उद्देश्य पूरा हुन सहज भने देखिएको छैन । राष्ट्रव्यापीरूपमा १८ बर्षभन्दा माथिका करीब ६४.५ प्रतिशत अमेरिकीले कम्तीमा खो’पको एक मात्रा लगाइसकेका सीडीसीले जनाएको छ ।


Last Updated on: June 15th, 2021 at 7:13 pm
३९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया