सोमबार १९ मंसिर २०७९

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय साहित्यमार्फत आफ्ना मनका बह पोखिरहेका हुन्छन् । यसैक्रममा, शनिबार उनले सामाजिक सञ्जालमा एक रचनामार्फत आफ्नो मनको भावना पाखेका छन् ।

उनले कसैले मायाले बाँधेपछि आफू स्वतन्त्र भएको बताएका छन् । ‘एक अक्षर बाट शव्द ,अनि मन्त्र भएँ म, तिमीले, मायाले बाध्यौ, अनि स्वतन्त्र भएँ’, म उनले लेखेका छन् ।

उनकी श्रीमती सविना काफ्ले लेखिका हुन् । बालेनले उनैलाई इंगित गरेका हुन्सक्छन् । बालेन स्वयम्को पृष्ठभूूमि पनि कलाकारकै छ । उनी यसअघि इन्जिनियरिङका साथै र्‍याप गायनमा सक्रिय थिए ।

यो पनि पढ्नुुहोस्ः

चली भैरव जात्रालाई सभ्य र भव्य रुपमा मनाउन काठमाडौँ महानगरपालिका सहजकर्ता

पचली भैरव जात्रालाई सभ्य र भव्य रुपमा मनाउन काठमाडौँ महानगरपालिका सहजकर्ताचली भैरव जात्रा (तेप आजु) लाई सभ्य र भव्य रुपमा मनाउन काठमाडौँ महानगरपालिकाले सहजकर्ताको भूमिका निर्वाह गर्ने भएको छ ।

जात्रा व्यवस्थापन समितिले सभ्य भएर भव्य रुपमा जात्रा सञ्चालन गर्ने, ट्राफिक प्रहरीले यातायात आवागमन व्यवस्थापन गर्ने, सुरक्षा निकायले शान्ति सुरक्षा प्रदान गर्नेलगायत कामको विभाजन गरिएको छ ।

शुुक्रबार काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षता र प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा सम्पन्न समन्वय बैठक बसेर यस्तो निर्णय गरिएको हो ।

बैठकमा प्रमुख शाहले, पचली भैरवको महिमा, कथा र ऐतिहासिकता सुन्न र बुझ्न पाएकोमा प्रशसन्नता व्यक्त गर्दै यो जात्रालाई इन्द्रजात्राको जस्तै गरेर महत्वका साथ मनाउनु पर्ने धारणा राखे । ‘

सगरमाथाजस्ता प्राकृतिक सम्पदासँगै काठमाडौँका जात्रा र पर्वसँग सम्बन्धित संस्कार र संस्कृति पनि प्रवर्धन योग्य भएको छन् । यिनीहरु धार्मिक, सांस्कृतिक पर्यटनका बनिबनाउ पूर्वाधार हुन् । यिनीहरुको प्रवर्धनले पर्यटन र स्थानीयबासीको आयमा वृद्धि हुन्छ ।’ प्रमुख शाहले यसको महत्वलाई ब्राण्डिङ् गर्नुपर्नेमा जोड दिए ।

बैठकमा उपप्रमुख डंगोलले, स्वतस्फूर्त रुपमा जात्रा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने बताइन् । ‘जात्राको निरन्तरताका लागि हामीले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न बजेटको व्यवस्था गरेका छौँ । पर्वमा रहर र आदरका साथ पूजा आजा गरौँ ।

करले पूजा गर्दा यस्को मौलिकता विग्रिदै जान्छ । यसको मौलिकता बचाउनमा सबैको जिम्मेवारी रहन्छ ।’ उपप्रमुख डंगोलले भनिन्, ‘जात्रामा खटिने स्वयमसेवकहरुले म’दिरा से’वन नगर्दा राम्रो हुन्छ । गुठीयार र स्थानीयलाई मात्र जात्रा चलाउन कठिन हुन सक्छ । त्यसमा महानगरले आफ्नो भूमिका निर्वाह गर्नेछ ।’

जात्रा सञ्चालन हुने मार्गमा यातायात प्रवेश नि’षेध गर्नुपर्छ । बैठकमा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं। ८ का अध्यक्ष आशामान संगतले भने, ‘यी जात्राहरुलाई स्थानीय जात्राका रुपमाभन्दा राष्ट्रिय जात्राका रुपमा मनाउनुपर्छ ।

यस्ता पर्वको प्रवर्धन गर्नुपर्छ ।’ जात्रा सञ्चालन गर्न गुठी सस्थान, कौसी तोसाखाना, हनुमानढोका दरबार हेरचाह अड्डालगायत सबैको सक्रिय सहभागिताको खाँचो छ ।

बैठकमा जात्रा व्यवस्थापन समितिकासमेत अध्यक्ष, वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले भने, ‘जात्रामा १९ बर्षसम्म रुद्रविनायकको सहभागिता थिएन । २०७१ सालमा समिति गठन गरेर पुनः आगमन गराइएको हो । जात्राका अङ्ग छुटाउँदै होइन, जोड्दै लैजानुपर्छ ।’

पचली भैरव क्षेत्र विकास समितिका महासचिव सन्तकुमार महर्जनकाअनुसार यो पर्व किराँतकाल अघिदेखि नै राज्य र शक्तिसँग सम्बन्धित जात्रा हो । ‘राजा गुणकामदेवले दक्षिण कोलियोग्रामका क्षेत्रपालका रुपमा पचली भैरवको स्थापना गरेका हुन् ।

राजासँग खड्ग साट्ने परम्परासँग जोडिएको यो जात्रासँग सम्बन्धित ठाउँको करिब १० रोपनी १३ आना जग्गा दुरु’पयोग भएको छ ।’ महासचिव महर्जनले भन्नुभयो, ‘जात्राको अस्तित्व बचाउन सम्पत्तिको पनि सुरक्षा हुनुपर्छ ।’

पचली भैरव शक्ति पीठ हो । राजाहरुलाई शासन चलाउन आवश्यक पर्ने शक्ति यस पीठबाट प्राप्त हुन्छ भन्ने मान्यता छ । यस ठाउँमा आएर नेपाली सेनाले पनि शक्ति पूजा गर्ने गरेको छ । शार्दुलजंग गुल्मका सेनानी शिव भँडेलका अनुसार काठमाडौँका २६ वटा जात्रा र पर्वमा गुर्जुको पल्टन लैजाने गरिएको छ । यसमध्ये पचली भैरवको जात्रा पनि एक हो ।

 

Leave a Reply


Last Updated on: September 24th, 2022 at 4:26 pm
३५२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया