बुधबार २० मंसिर २०८०

मुना गौचन एक उदाउदै गरेकी नेपाली मोडेल हुन् । उनले मोडेलिङ्ग क्षेत्रमा नेपालमा राम्रो स्थान हासिल गरेकी छन् । सहायक पात्रको भूमिकामा समेत मुना गौचनले काम गरिसकेकी छन्। उनले चपली हाइट २ मा नै पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन्।


सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन्। उनि मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छिन् भने विभिन्न र्याम्प वकमा सहभागिता रहेकी छिन। ‘जालो’ बाट अभिनयका कारण राम्रै चर्चा पाए पनि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन्।

चलचित्र ‘जालो’ नामक चलचित्रमा अभिनय गरेकी मुना गौचन मोडलिङको दुनियाँमा लोकप्रिय नाम हो। उनले अभिनय गरेको फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै भयो। उनले आफूलाई यो क्षेत्रका स्थापित गर्न निरन्तर लागिपरेकी छिन्। मुनालाई केही विज्ञापनमा पनि देख्न सकिन्छ।

मुना गौचन सामाजिक सञ्जालमा पनि उत्तकै सक्रिय रहने गर्छिन्। सामाजिक सञ्जालमा मुनाले निकै हट तस्वीरहरू शेयर गर्ने गर्छिन्।

‘फेस अफ क्लासिक डायमंड २०१७’ र ‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन ‘आकाशै को’ बोलको गीतको म्युजिक भिडि‌ओ मार्फत कमब्याक गरेकि छन् ।

 

 

 

 

 

 


Last Updated on: March 21st, 2021 at 1:50 am
९६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया