मंगलबार २० मंसिर २०७९

लमजुङ। १० असोज:

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

स्थानीय उत्पादित बस्तु तथा सेवाको प्रवर्द्धन, विबिधिकरण तथा बजारिकरण र वातावरणीय प्रभाव न्युनिकरण गर्ने उदेश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाईएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए । तर, अति आवस्यक धार्मिक कार्यक्रममा भने प्रयोगमा छुट दिईने उनले बताए ।

पालिकाले स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरि यसको बिक्रीवितरण तथा बजारीकरण गरी आयआर्जन बृद्वी र स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ ।

पालिका अध्यक्ष गुरूङले असोज ९ गते सार्वजनिक सुचना जारी गर्दै निर्णय कार्यन्वयन गर्न सरोकारवाला सबैमा अपिल गरेका छन् ।

गाउँपालिकाको यस्तो निर्णयले फूल ब्यवसायमा लागेका कृषकहरू खुसी भएका छन् । पालिकाको वडा नम्बर ९ स्थित भालमचौर मृचे नमुना कृषि फार्ममा १० रोपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेति गरिएको छ । सो फार्मका प्रवर्द्धक नवीनराज कुईकेलले बाह्रै महिना उत्पादन हुनेगरि फूल खेति गरिएको बताए ।

गत वर्षबाट सुरू गरिएको फूल खेतिले राम्रो बजार लिएको र माग पनि बढेको सो फार्मले बताएको छ । फार्मबाट यसवर्ष फूल तथा माला विक्री सुरू भैसकेको छ ।

स्थानीय फूल र माला प्रयोग गरि खादाको आयात रोक्न सकेमा स्थानीय पुँजीको संचिति हुनुको साथै आयआर्जनमा टेवा पुग्ने विस्वास लिएको गाउँपालिका अध्यक्ष गुरूङले वताए ।

जनकपुरधाम :

आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दल परिवर्तन गर्ने होडबाजी चलिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन्। उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन केपी शर्मा ओली धनुषा आएका हुन्।

शनिबार धनुषाको बिदेह नगरपालिका तिनकौरियामा नेपाल कम्युनिष्ठ पार्टी एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले सचेतक अरगरियालाई पाटी प्रवेश गराउन लागेका हुन्। ओली कार्यक्रममा जाँदा उनलाई जनकपुरधाममा जनता समाजवादी पार्टीका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै युवाहरुले नाराबाजी गर्दै ओलीलाई कालो झण्डा देखाएका हुन्। काठमाडौंदेखि प्लेनमा जनकपुरधाम पुगेका ओली रेल चढ्न रेल्वे स्टेशन जाँदै गर्दा बाटोमा उनलाई युवाहरुले कालो झण्डा देखाएका हुन्।

यसअघि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबाट अरगरिया महन्त ठाकुरको लोसपामा प्रवेश गरेका थिए।


Last Updated on: September 26th, 2022 at 11:12 am
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया