शुक्रबार ०५ आश्विन २०८०

काठमाडौं । प्रदीप खड्का र कृष्टिना गुरुङ स्टारर् ‘प्रेमगीत–३’ले नेपालमा सुरुवाती दुई दिनमा (शुक्रबार र शनिबार) उत्कृष्ट ब्यापार गरेको छ । फिल्मले दुई दिनमा नै ४ करोड २५ लाख रुपैयाँको बक्स अफिस कलेक्शन गर्न सफल भएको छ ।

निर्माण पक्षका अनुसार घरेलु बक्स अफिसमा ‘प्रेमगीत–३’ शुक्रबार २ करोड ५ लाख र शनिबार २ करोड २० लाख बढीको कलेक्शन गरेको हो । अब भोलि सोमबारबाट यस फिल्मको हिन्दी भर्सनपनि नेपाली दर्शकहरुले हेर्न पाउने भएका छन् ।

निर्माण पक्षले गत शुक्रबारबाट नेपाली र हिन्दी दुवै भर्सन एकसाथ प्रदर्शन गर्ने तयारी गरेको भएतापनि प्राविधिक कारण हिन्दी भर्सन रिलिज हुन सकेको थिएन । तर, अब भोलि सोमबारबाट भने नेपाली दर्शकहरुले नेपाली र हिन्दी दुवै भर्सन आफ्नो इच्छानुसार हेर्न पाउने भएका छन् । साथै, बक्स अफिस कलेक्शनमा पनि अझ सुधार हुने आँकलन गरिएको छ ।

त्यस्तै, फिल्मको हिन्दी संस्करणले छिमेकी राष्ट्र भारतमा दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ गरेको हो । ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको यस फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमाएको छ ।

निर्माण पक्षका अनुसार ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमाएको छ । योसँगै दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली दुवै भर्सनले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ ।

शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको हो । फिल्मलाई निर्माता सेन र स्वर्गीय निर्देशक छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेनलगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

बझाङ-

बझाङको खप्तडछान्ना–५ कि किष्णा जोशी गत शुक्रबार ओरालु (सैन्डाँडा) मेलाका लागि अघिल्लै दिन खप्तड जानुभयो । खप्तड जाँदा उहाँलाई लेक लाग्न सुरू भयो । कागती र केही खाजा बोक्नुभएकी उहाँलाई हिँड्न सहज त भयो तर रिँगटा लाग्ने भने ठीक भएन । गाउँमा आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या सुनाएपछि नेपाली सेनाको व्यारेकबाट उहाँलाई औषधि ल्याइयो र बिरामी निको भयो ।

बाजुरा काँडाका श्यामलाल रोकायाले पनि खप्तड जाँदा त्यही समस्या भोग्नुभयो । दहपाटनबाट हिँड्नै नसक्ने भएका रोकाया खप्तड व्यारेक पुगेपछि भने सेना उपलब्ध गराएको औषधिले निकै राहत गरेको सुनाउनुभयो । आधा घण्टा ब्यारेकमा आराम गरेपछि भने रोकाया त्रिवेणी पुगेर पूजाआजापछि घर फर्किनुभयो । खप्तडमा यस्ता समस्या हुने दर्जनौँ नागरिकको ओखती बनेको छ, खप्तड व्यारेक । पर्यटक, गोठाला, तीर्थालु भक्तजनलाई पछिल्लो दशकयता भने खप्तडमा बिरामी हुँदा चिन्ता हुँदैन । नेपाली सेनाको व्यारेकबाट उपलब्ध हुने औषधि खाँदा सामान्य बिरामी सजिलै ठीक हुने गोठालो गर्न आउनुभएका विनोद रावलले बताउनुभयो ।

खप्तडमा यस्ता समस्या दिनहुँ हुने भएपछि नेपाली सेनाले पनि विभिन्न मेलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । मेलामा धेरै टाढाबाट र कहिल्यै नआउने तीर्थालुलाई लेक लाग्ने समस्या हुन थालेपछि मेला भइरहेको क्षेत्रभित्रै शिविर आयोजना गर्दै आएको श्री सिंह शार्दुल गुल्म खप्तडका गुल्मपति विनोदकुमार सिलवालले बताउनुभयो ।

ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ मेला, दशहरामा पनि हजारौँ तीर्थालु भक्तजनले सेनाको शिविरबाट सेवा लिने गर्छन् । ओरालु सैन्डाँडामा मात्रै नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट अढाइ सयभन्दा बढीले सेवा लिएको सिलवालले बताउनुभयो ।

उहाँका अनुसार गत महिना जगन्नाथ मेलामा पनि एक सय ४१ जनाले सेवा लिएका थिए । बर्सेनि लाग्ने गङ्गा दशहरा मेलामा त हजारौँको सङ्ख्यामा बिरामीको जाँच तथा उपचार हुन्छ । नेपाली सेनामा कार्यरत स्वास्थ्यकर्मीले दशहरा मेलामा दुई दिनसम्म निःशुल्क उपचार गर्ने गरेको उहाँले बताउनुभयो ।

खप्तडमा लाग्ने मेलामा हरेक वर्ष सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गुल्मपति सिलवालका अनुसार अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याका बिरामी व्यारेकमा बढ्दै गएपछि मेलामा शिविर नै आयोजना गरिएको हो । व्यारेकमा पनि दैनिकजसो १५÷२० जनाले स्वास्थ्य सेवा लिइरहेको उहाँले बताउनुभयो ।

जनैपूर्णिमाको अवसरमा लाग्ने सानो मेलामा समेत नेपाली सेनाले सयौँको सङ्ख्यामा तीर्थालु तथा भक्तजनको उपचार गरेको छ । हरेक मौसममा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि खप्तडमा स्वास्थ्य उपचारका लागि कुनै समस्या नहुने उहाँले बताउनुभयो । “हामीसँग औषधि भए जति आउने सबै बिरामीको उपचार गरेर पठाउँछौँ”, उहाँले भन्नुभयो, “औषधि अपुग भएमा विभिन्न स्वास्थ्य संस्थासँग समन्वयमा औषधि ल्याउने गरेका छौँ ।”

नेपाली सेनाले पर्यटकीय क्षेत्रमा पर्ने मेलामा हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । बडिमालिकाको त्रिवेणी इलाका, खप्तड, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ चोलाङ्लापाटी, काभ्रेको गोसाइँस्थानलगायतका क्षेत्रमा त एकै सिजनमा हरेक वर्ष शिविर आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।


Last Updated on: September 26th, 2022 at 12:20 pm
२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया