
सिन्धुपाल्चोकस्थित मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी बजार क्षेत्रमा पसेपछि स्थानीयहरु जङ्गलमा भागेका छन् । सयौँ स्थानीयको रुवाबासी चलेको छ । मंगलबार राती आएको बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । भने हताहती भएको आशंका गरिएको छ । यस्तै मेलम्चीस्थित चनौटेमा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।
पहिरोका कारण स्थानीयहरु कता कता भागे भनेर यकिन गर्न पनि गाह्राे भइरहेको एक स्थानीयले बताए ।
***
सबै मौसममा सहज नै पाइने फल हो केरा । यो फल अति गुणकारी पनि छ । शरीरलाई चाहिने धेरै उर्जा दिने यो फलका अनेक फाइदाहरु छन् ।
केरामा पाइने सुक्रोज, फ्रुक्टोज र ग्लुकोजले हामीलाई अति उर्जा दिने काम गर्छ । केरामा प्रसस्त फाइबर समेत पाइन्छ ।
केराको नियमित सेवनले हामीलाई धेरै रोगहरु लाग्नबाट पनि बचाउँछ । डिप्रेसनका रोगीहरुले नियमित केरा खाँदा फाइदा हुने अनुसन्धानले देखाएको छ ।
यसमा हुने ट्रिप्टोफ्यान तत्व जुन एकखालको प्रोटिन हो त्यो शरीरमा सेरोटोनिनमा परिवर्तन हुन्छ । सेरोटोनिनले शरीरलाई आनन्दमग्न बनाउने गर्छ । यही कारण तनाव कम हुँदा मुड फ्रेस हुने र खुसी भएको अनुभूति गराउँछ ।
यस्तै रक्तचाप तथा रक्तअल्पता भएकाहरुलाई पनि केरा लाभकारी फल हो । यसमा आइरन तत्व पाइन्छ, आइरनले रगतमा हेमोग्लोबिन बढाउँछ । केरामा पाइने पोटासियम लवणले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।
यस्तै कब्जियत भएमा पनि केरा खानु उत्तम हुन्छ । यसमा हुने फाइबरले पेटलाई स्वस्थ्य राख्न मद्दत गर्छ । लामखुट्टेले टोकेर दुखेको, चिलाएको वा सुन्निएको ठाउँमा केराको बोक्राको भित्री भाग दल्नाले दुखाइ तथा चिलाएको निको हुन्छ ।