बुधबार २० मंसिर २०८०

सिन्धुपाल्चोकमा ५० जना बे,पत्ता, सेनाको हेलिकप्टर बाट फसेकालाई यसरी उद्दार गरिन्दै भिडियोमा हेर्नुस।
June 16, 2021 8
काठमाडौं – मेलम्चीमा आएको भीषण बाढीका कारण डुबानमा परेकाको उद्धारका सुरक्षा फौजको टोली घटनास्थल पुगेको छ। गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार आज विहानै उद्दारका लागि हेलिकोप्टरसहित नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ। मेलम्ची बजारस्थित एउटा घरको छतमा चार जना फसेका छन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ ।

अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले कम्तिमा ५० जना स,म्पर्कवि,हीन बनेका छन् । बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो ।
बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ । नदीेउका घरटहरा सबै बगेका छन् । मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ । हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: June 16th, 2021 at 11:38 am
६५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया