सोमबार १८ मंसिर २०८०

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक सूचि पार्टीभित्र सबैको सहमतिबाटै पेस गरिएको स्पष्ट पारेको छ।

शेखर कोइराला समूहका दोस्रो तहका नेताहरूले संस्थापन पक्षले एकलौटी र मनोमानी गरेको भन्दै आन्दोलनको घोषणा गरेको बेला कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सहमतिबाटै बन्दसूचि पेस गरेको स्पष्ट पारेका हुन्।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले कांग्रेसभित्रको सर्वसहमतिबाटै समानुपातिक बन्दसूचि निर्वाचन आयोगमा पेस गरिएको बताए।

उनले भने, ‘पदाधिकारी, पूर्व पदाधिकारीको सहभागिता र सहमतिबाटै निर्णय भएको छ। यसमा कुनै सत्यता छैन। सम्पूर्ण निर्णय आम सहमतिबाट भएको हो। सबैलाई समावेश गरेर समानुपातिक बन्द सूचि पेस गरिएको छ। केहि त्रुटी हुन सक्छन्। तर, एकलौटी गरिएको छैन।’

उनले कांग्रेस एकतावद्ध भएर गठबन्धनलाई विजयी गराउन आवश्यक रहेको बताए।

महतले भने, ‘यो ठूलो पार्टी हो। सबैका आकांक्षा पूर्ति नहुन सक्छ। गठबन्धनलाई सफल बनाउन हामी लाग्नेछौं।’

उनले पार्टी हितविपरीत भइरहेका कृयाकलापहरु नियालिरहेको बताए।

काठमाडौं ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने चेतावनी दिएका छन् ।

उनले न्यायोचित सिट बाँडफाँड नभए प्रचण्डविरुद्ध उम्मेदवारी दिने चेतावनीले काँग्रेसभित्र हलचल नै ल्याईदिएको छ ।

नेता घिमिरिले न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध चितवन ३बाट उठ्ने बताएका छन् ।

उनले गठबन्धनलाई सच्चिन भन्दै त्यक्ष र समानुपातिक दुवै तर्फ ४० प्रतिशतको हिस्सेदार आफ्नो समूह रहेको शेखर पक्षको दाबी अनुसार सिट बाँडफाँट गर्न उनले सmुभाएका छन् ।

सत्ता घटकका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको बलमा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षलाई बेवास्ता गरेकोशेखर पक्षको आरोप छ ।

पोखरिया, अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ । स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनिए पनि उनीहरुलाई यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा आर्थिक समस्यामा परेका छन् । सेवा नै धर्म हो भनेर गाउँघरमा स्वास्थ्य सेवा विस्तारको अभियानमा जुट्ने गरेको उनीहरु बताउँछन् ।

सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् । उनीहरूले जनताको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्युदर प्रभावकारीरूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको प्रमाणित हुँदै आए पनि स्वास्थ्य स्वयंसेविकाको सेवा–सुविधा भने नगन्य रहेको र यसका लागि सम्बन्धित पक्षले ध्यान नदिएको गुनासो उनीहरुको छ ।

पर्सा गर्दौलकी स्वास्थ्य स्वयंसेविका शिला देवीले गाउँगाउँ टोलटोल बिहानदेखि नै घुम्नुपर्ने, घामपानी, जाडो, वर्षा केही नहेरी महिला तथा बालबालिकालाई भिटामिनदेखि गर्भवती महिलालाई चाहिने पोषणतत्व खानेकुरा तथा उक्त अवस्थामा आवश्यक पर्ने परामर्श उपलब्ध गराउँदै आउनुभएको छ । उहाँलाई घरको कामधन्दा भन्दा पनि जनताको सेवा गर्नमा नै फुर्सद छैन । अहोरात्र जनताको स्वास्थ्य सेवामा लाग्दा पनि आफूहरुको माग सम्बोधन गर्नेतर्फ तीनै तहका सरकारले चासो नराखेको भन्दै उहाँले दुःखेसो गर्नुभयो ।

समुदाय र देशको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काममा आफूहरुले गरिरहेको भए पनि यसलाई कतिपयले नकारात्मक हिसाबले लिने महिला स्वास्थ्य स्वयंसेविका बताउँछन् । “बिहानदेखि नै घरघरमा पुगेर साँझ अबेरसम्म निःस्वार्थ सेवा दिन्छौँ । गर्भवती, बालबालिका र बिरामी व्यक्तिलाई औषधि पनि बाड्छौँ । सल्लाह सुझाव पनि दिन्छौँ । तै पनि हामीप्रति हेर्ने दृष्टिकोण किन राम्रो छैन रु” शिला देवीले भन्नुभयो, “यति गर्दागर्दै पनि समाजका व्यक्तिको विभिन्न किसिमको नकारात्मक भनाइ पनि खेप्छौँ ।”

तराई मधेसमा महिलालाई घरबाट बाहिर निस्केर यस्ता सेवामूलक कार्य संलग्न हुन त्यति सजिलो छैन । बिना पारिश्रमिक सामाजिक कार्यमा निरन्तर लागिरहन कठिनाइ भएको उनीहरुको भनाइ छ । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाका लागि मासिक रु एक हजार पाँच सय भत्ता दिए पनि त्यसले दिनहुँ आवतजावत गर्न भाडा नै नपुग्ने उनीहरुको गुनासो छ । “कम्तीमा साइकलको व्यवस्था भए पनि केही राहत हुने थियो”, शिलादेवीले भन्नुभयो ।

विभिन्न लाञ्छना, आरोप खेपेर भए पनि दुई दशकदेखि स्वास्थ्य स्वयं्सेविकाको रुपमा काम गर्दै आउनुभएकी रौतहटकी स्वास्थ्य स्वयंसेविका ललितादेवीको गुनासो पनि उस्तै छ । ग्रामीण र विकट क्षेत्रमा दैनिक घण्टौँसम्म पैदल हिँडेर सेवा प्रदान गर्दै आए पनि सेवा सुविधाको अभावमा निरासा जाग्न थालेको र अन्य महिलालाई यसतर्फ लाग्न सल्लाह दिन नसकिएको उहाँको भनाइ छ ।

झण्डै २० वर्षदेखि निरन्तर यो सेवामा लागेकी पर्सा विन्दवासिनीकी तेतरी देवी सुरुमा यसमा लाग्दा रु ४० भत्ता पाएको बताउनुहुन्छ । समयअनुसार यो भत्ता व्यावहारिक नभएको बताउँदै उहाँ भन्नुहुन्छ, “कम्तीमा आफ्ना बालबालिकाको लागि खुवाउन र पढाउन पुग्ने खर्च त दिइयोस् ।” यही सेवामा लागेपछि समाजले आफूलाई विभिन्न लाञ्छना लगाए पनि आफू विचलित नभई जनताको सेवामा लागि परेको उहाँ बताउनुहुन्छ ।

राजनीतिक पार्टीहरु र नेताहरुले आफूहरुलाई सधैँ भोटको रुपमा मात्रै प्रयोग गरेको बताउँदै पर्साकी स्वास्थ्य स्वयंसेविका लालसा देवीले भन्नुभयो, “चुनावका बेला जोसुकै जनप्रतिनिधिले पनि आफूहरुलाई लक्षित गरी तलब भत्ता वृद्धिबारे प्रतिबद्धता जनाउने गर्छन् तर चुनाव जितेपछि हाम्रो मुद्दा र आफ्नो बाचा बिर्सिने गरेका छन् ।” उहाँ आफूहरुकै योगदानका कारण आज धेरै मानिससम्म स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ र मातृ तथा शिशु मृत्युदर उल्लेख्य मात्रामा घटेको भए पनि त्यसको मूल्याङ्कन नभएकामा उहाँ दुखित हुनुहुन्छ ।

महिला स्वास्थ्य स्वयंसेविकाको योगदानअनुसार उचित सेवा सुविधा दिन नसकिएकोे स्वीकार गर्दै रौतहटको परोहा नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका सङ्घ मधेस प्रदेशका सभापति शेख वकिलले भन्नुभयो, “उनीहरुको कार्य र मेहनतका अनुसार भत्ता उपलब्ध गराउने बारेमा छिट्टै पालिकामा छलफल गराई केही व्यवस्था गर्नेछु । प्रदेश र सङ्घीय सरकारलाई पनि यसबारेमा आवश्यक निर्णय गर्न अनुरोध गरिनेछ ।” हाल देशभरि ५० हजारभन्दा बढी स्वास्थ्य स्वयं्सेविका सेवामा आबद्ध छन् ।


Last Updated on: September 27th, 2022 at 5:45 pm
१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया