मंगलबार २० मंसिर २०७९

बुटवल : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई डेङु लागेको छ। केही दिनअघि भारतको दिल्लीबाट स्वदेश फर्किएका सिहंको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

८८ वर्षीय सिंहलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको पारिवारले जनाएको छ । अस्पतालका डाक्टर शम्भु खनालका अनुसार महामन्त्री सिंहलाई डेंगु फिवर देखिएको र शरीरमा कमजोरपन देखिएको छ । सिंहलाई अहिले ज्वरो घटेको छ ।

निजगढः

गत बैशाख १६ गते आएको वर्षासहितको हुरीले निजगढमा एक सय २० बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको केरा खेती पूर्णरुपमा नष्ट भएको थियो। स्थानीय किसानका अनुसार उक्त दिन ६ करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ।

केरा खेती नष्ट भएको वर्षौं दिन बितिसक्दा पनि बीमा बापतको रकम नपाएपछि बारा निजगढका किसान यतिबेला सडक संघर्षमा उत्रिएका छन्। पटकपटक माग गर्दा पनि बीमा कम्पनीले रकम उपलब्ध नगरेपछि किसान सडकमा उत्रिएका हुन्।

गत बैशाख १६ गते आएको वर्षासहितको हुरीले निजगढमा एक सय २० बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको केरा खेती पूर्णरुपमा नष्ट भएको थियो। स्थानीय किसानका अनुसार उक्त दिन ६ करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ।

हिमालयन इन्स्योरेन्स कम्पनीबाट खेतीको बीमा गरेका किसानले हालसम्म बीमा बापतको रकम प्राप्त गर्न सकेका छैनन्। कृषिमा लगाइएको लगानी सुरक्षित गर्न बीमा गरेका किसान बीमा कम्पनीबाट पीडित बन्न पुगेका छन्।

बारा केरा उत्पादक तथा फलफूल व्यवसायी संघमा आवद्ध किसानले दुई दिन भित्र रकम उलपब्ध नगराए चरणबद्धरुपमा आन्दोलन गर्दै जाने चेतावनीसमेत दिएका छन्। दसैंको मुखमा सडकमा उत्रनुपर्ने बाध्यता बुझिदिन आग्रह गर्दै किसानले तत्काल रकम उलपब्ध गराउन माग गरेका छन्।

बीमा कम्पनीले किसानलाई प्रति कठ्ठा १५ हजारका दरले एक सय २० बिगाहको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने किसानको भनाइ छ। केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक हजार दुई बिगाहमा केरा खेती हुने गरेको छ। उक्त खेतीमध्ये एक सय २० बिगाहको बाली नष्ट भएको हो।

बीमा रकम प्राप्तीका लागि किसानको टोलीले यसअघि काठमाण्डौसम्म पुगेर बीमा कम्पनी र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। तर आफूहरुको माग सम्बोधन गर्न चासो नदेखाएको किसानको गुनासो छ।

इस्लामावाद-

यसवर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेङ्गुको प्रकोप थप बढेको छ ।पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको छ ।

यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको एक सिन्ध प्रान्तमा डेङ्गुबाट बढी प्रभावित देखिएको छ । यस प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।
यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट गएको २४ घन्टा यतामात्र करिब चार सय जना सङ्क्रमित भएका छन् ।त्यसपछिको सबैभन्दा बढी प्रभावित प्रान्त कराँचीमा पनि गएको २४ घन्टायता यो सङ्क्रमणबाट कम्तीमा पनि तीन सय ३० जना सङ्क्रमित भएका बताइएको छ ।

सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले सिन्ध र कराँचीमा डेङ्गुका कारण सङ्क्रमित मात्र नभएर मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको बताएका छन् ।यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका यी प्रान्तमा बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।

यहाँ अहिलेसम्म आठ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेङ्गुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा छ हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।
–––


Last Updated on: September 28th, 2022 at 10:35 am
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया