मंगलबार २० मंसिर २०७९

बाँके, १२ असोज

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेटको ब्यारेलमा गएराती मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतिय नागरिक ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय पृथ्बी राजपुलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे अनियन्त्रित भइ भन्सार गेटको ब्यारेलमा ठोकिएको भन्सार सुरक्षा गार्ड बाँकेले जनाएको छ ।

निजगढः

गत बैशाख १६ गते आएको वर्षासहितको हुरीले निजगढमा एक सय २० बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको केरा खेती पूर्णरुपमा नष्ट भएको थियो। स्थानीय किसानका अनुसार उक्त दिन ६ करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ।

केरा खेती नष्ट भएको वर्षौं दिन बितिसक्दा पनि बीमा बापतको रकम नपाएपछि बारा निजगढका किसान यतिबेला सडक संघर्षमा उत्रिएका छन्। पटकपटक माग गर्दा पनि बीमा कम्पनीले रकम उपलब्ध नगरेपछि किसान सडकमा उत्रिएका हुन्।

गत बैशाख १६ गते आएको वर्षासहितको हुरीले निजगढमा एक सय २० बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको केरा खेती पूर्णरुपमा नष्ट भएको थियो। स्थानीय किसानका अनुसार उक्त दिन ६ करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ।

हिमालयन इन्स्योरेन्स कम्पनीबाट खेतीको बीमा गरेका किसानले हालसम्म बीमा बापतको रकम प्राप्त गर्न सकेका छैनन्। कृषिमा लगाइएको लगानी सुरक्षित गर्न बीमा गरेका किसान बीमा कम्पनीबाट पीडित बन्न पुगेका छन्।

बारा केरा उत्पादक तथा फलफूल व्यवसायी संघमा आवद्ध किसानले दुई दिन भित्र रकम उलपब्ध नगराए चरणबद्धरुपमा आन्दोलन गर्दै जाने चेतावनीसमेत दिएका छन्। दसैंको मुखमा सडकमा उत्रनुपर्ने बाध्यता बुझिदिन आग्रह गर्दै किसानले तत्काल रकम उलपब्ध गराउन माग गरेका छन्।

बीमा कम्पनीले किसानलाई प्रति कठ्ठा १५ हजारका दरले एक सय २० बिगाहको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने किसानको भनाइ छ। केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक हजार दुई बिगाहमा केरा खेती हुने गरेको छ। उक्त खेतीमध्ये एक सय २० बिगाहको बाली नष्ट भएको हो।

बीमा रकम प्राप्तीका लागि किसानको टोलीले यसअघि काठमाण्डौसम्म पुगेर बीमा कम्पनी र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। तर आफूहरुको माग सम्बोधन गर्न चासो नदेखाएको किसानको गुनासो छ।

लमजुङ-

यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो ।यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भन्नुभयो, “केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै आफू पनि व्यस्त भएको छु । दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ ।” विगतमा मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभएकाले उहाँले यतिबेला आम्दानी मनग्य हुन थालेको सुनाउनुभयो । अहिले उहाँले दैनिक रु १० देखि रु २० हजारसम्म आम्दानी गर्न थाल्नुभएको छ ।

त्यस्तै लामो समयपछि पर्यटक चहलपहलले आम्दानी बढ्दा खुसीयाली छाएको भएको पर्यटन व्यवसायी खुसबहादुर गुरुङले बताउनुभयो । पर्यटन व्यवसायबाटै परिवारको गुजारा चलाउँदै आएको र पर्यटक नआउँदा चिन्ता र आउँदा खुसी हुने उहाँको भनाइ छ । उहाँहरू मात्र नभई खुसीराम गुरुङ, जीतबहादुर गुरुङ, देवीजङ्ग गुरुङ, पूर्णबहादुर गुरुङलगायतको यस पदमार्ग आसपासमा रहेका सयौँ सङ्ख्याका होटल व्यवसाय फस्टाउँदै गएका छन् ।

पर्यटकीय याम सुरु भएयता पनि सोचेजति पर्यटकको भने आगमन नहुँदा आम्दानी पनि त्यति नभएको व्यवसायीको भनाइ छ । पर्यटकीय याम गत भदौबाटै सुरु भए पनि विगतका जसरी पर्यटक नआएको र आउने अपेक्षामा रहेको उनीहरूको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ८०–९० जनाको हाराहारीमा पर्यटक आगमन भइरहेको छ । सबैभन्दा बढी इजरायली पर्यटक आउने गरेको उहाँको भनाइ छ ।


Last Updated on: September 28th, 2022 at 11:11 am
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया