मंगलबार २० मंसिर २०७९

बर्दिया — गत स्थानीय निर्वाचनमा म्यादी प्रहरीका लागि शारीरिक र लिखित परीक्षामा उत्तीर्ण भएका अन्तर्राष्ट्रिय स्तरका खेलाडी मधुवन नगरपालिका-४ का माधवकुमार चौधरी मौखिक परीक्षामा फेल भए । कक्षा १२ पढेका एथलेटिक्सका खेलाडी चौधरी त्यस वेला निराश भएर घर फर्के ।

अहिले उनी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा म्यादी प्रहरीमा निवेदन दिन छाडेका छैनन् । उनले भने, ‘हिम्मत हारेको छैन, प्रयास गरिरहेको छु ।’ २२ वर्षीय चौधरी मुक्तकमैया परिवारमा जन्मेका हुन ।

साउथ एसियन जुनियर एथलेटिक्समा सन् २०१८ मा श्रीलंकामा सहभागी भएका थिए । उनी त्यसबेला १५ सय मिटर दौडमा चौथो स्थान हासिल गरेका थिए । त्यसैगरी सन् २०१९ मा जापानको राजधानी टोकियोमा भएको नेपालको प्रतिनिधत्व गरी समूहमा प्रथम भएका थिए । उनले ८ सय मिटर दौड ३ मिनेट १९ सेकेन्डमा पार गरेका थिए ।

०७४ सालमा उनी राष्ट्रिय च्याम्पियनसिप एथलेक्टिसमा ८ सय र १५ सय मिटर दौडमा प्रथम भएका थिए । चौधरीले एथलेटिक्समा विभिन्न प्रतियोगितामा उपाधिसमेत जितेका छन् । उनका आमाबुवा अर्काको घरमा कमैया बस्न बाध्य भएका थिए । उनीहरूसँग एक कठ्ठाको बरबासबाहे केही र्छन । बुवाआमा पनि मजदुरी नै गर्छन् । आर्थिक अवस्था कमजोर भएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको उनले भने,‘म्यादी प्रहरीमा हुनुपर्ने सबै गुणले सम्पन्न भए जस्तो लाग्छ तर भनसुन गरिदिने कोही छैन ।’

उनीजस्तै गुलरिया नगरपालिका—१ कि २२ वर्षीया एथलेटिक्स खेलाडी पूजा चौधरी पनि यसपटक म्यादी प्रहरीमा भर्ना हुन आएकी छिन् । एसईई उत्तीर्ण चौधरी गत स्थानीय तहमा मौखिक परीक्षामा फेल भइन् ।

अहिले भने उनी आफू छनोट हुनेमा ढुक्क देखिन्छिन् । उनी ०७२ सालदेखि हालसम्म जिल्लादेखि प्रदेशस्तरीय एथ्लेटिक्स प्रतियोगितामा सहभागिता जनाइरहेकी छिन् । २०७६ सालमा दाङको बेलझुन्डीमा आयोजित खुला नेसनल ट्रिपल जम्पमा उनले तेस्रो स्थान हात पारेकी थिइन् ।

त्यतिबेलै नेपाली आर्मी क्लबले भर्ना गर्ने भन्दै बोलाए पनि लिखित परीक्षामा उनी उत्तीर्ण भइनन् । आफूलाई जानजान छनोट नगरिएको उनको गुनासो छ । ‘मन मरिसक्यो खेलमा । म्यादीमा पनि पहिलो पटक मौखिकमा फेल भएँ,अहिले त्यसो होला जस्तो लाग्दैन ।’

निजगढः

गत बैशाख १६ गते आएको वर्षासहितको हुरीले निजगढमा एक सय २० बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको केरा खेती पूर्णरुपमा नष्ट भएको थियो। स्थानीय किसानका अनुसार उक्त दिन ६ करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ।

केरा खेती नष्ट भएको वर्षौं दिन बितिसक्दा पनि बीमा बापतको रकम नपाएपछि बारा निजगढका किसान यतिबेला सडक संघर्षमा उत्रिएका छन्। पटकपटक माग गर्दा पनि बीमा कम्पनीले रकम उपलब्ध नगरेपछि किसान सडकमा उत्रिएका हुन्।

गत बैशाख १६ गते आएको वर्षासहितको हुरीले निजगढमा एक सय २० बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको केरा खेती पूर्णरुपमा नष्ट भएको थियो। स्थानीय किसानका अनुसार उक्त दिन ६ करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ।

हिमालयन इन्स्योरेन्स कम्पनीबाट खेतीको बीमा गरेका किसानले हालसम्म बीमा बापतको रकम प्राप्त गर्न सकेका छैनन्। कृषिमा लगाइएको लगानी सुरक्षित गर्न बीमा गरेका किसान बीमा कम्पनीबाट पीडित बन्न पुगेका छन्।

बारा केरा उत्पादक तथा फलफूल व्यवसायी संघमा आवद्ध किसानले दुई दिन भित्र रकम उलपब्ध नगराए चरणबद्धरुपमा आन्दोलन गर्दै जाने चेतावनीसमेत दिएका छन्। दसैंको मुखमा सडकमा उत्रनुपर्ने बाध्यता बुझिदिन आग्रह गर्दै किसानले तत्काल रकम उलपब्ध गराउन माग गरेका छन्।

बीमा कम्पनीले किसानलाई प्रति कठ्ठा १५ हजारका दरले एक सय २० बिगाहको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने किसानको भनाइ छ। केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक हजार दुई बिगाहमा केरा खेती हुने गरेको छ। उक्त खेतीमध्ये एक सय २० बिगाहको बाली नष्ट भएको हो।

बीमा रकम प्राप्तीका लागि किसानको टोलीले यसअघि काठमाण्डौसम्म पुगेर बीमा कम्पनी र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। तर आफूहरुको माग सम्बोधन गर्न चासो नदेखाएको किसानको गुनासो छ।


Last Updated on: September 28th, 2022 at 12:03 pm
१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया