
भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै कठिनपूर्ण बनेको प्रहरीले बताएको छ । तालगाउँसम्म थप जनशक्ति पठाउन पनि सकिने अवस्था नरहेको प्रहरीले बताएको छ ।
मनाङका प्रहरीका अनुसार मानवीय क्षति हुनबाट रोकेपनि भौतिक क्षति भएको बताए । उनका अनुसार सदरकुमाम चामेमा पाँचवटा पक्कि र केही कच्ची घर बाढीमा बगेका छन । राती वर्षा कम हुँदा खोलामा वहाव घटेको भएपनि बिहान फेरि वर्षा सुरु भएपछि वहाव बढ्न थालेको छ ।
खासगरी मनाङका ताल र चामे क्षेत्र बाढीले बढी प्रभावित भइरहेको मनाङस्थित सशस्त्र प्रहरी गुल्म नम्बर ३२ का गुल्मपति होमनाथ पन्थीले बताएका छन्। उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘ताल र मर्स्याङ्दी किनारका सबै बासिन्दालाई सुरक्षित ठाउँमा सर्न र आज रातभर जागै रहन म अनुरोध गर्छु।’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्