
दाङ / अविरल वर्षातका कारण दाङको राप्ती नदिमा पानीको बहाव बढेपछि भैँसी चराउन गएका चार जना नदिको टापुमा फ’सेका छन्। लमही नगरपालिकाका र राजपुर गाउँपालिकाका एक महिलासहित चार जना नदिको बीच टापुमा रहेको र उनीहरुको उद्धा’र कार्य जारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।
लमही नगरपालिका वडा नम्बर ७ का ४८ वर्षका मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीया सावित्रा यादव, सोहि ठाउँका २६ वर्षीय राधे यादव र राजपुर-३ का २६ वर्षीय गणेश यादव नदिको टापुमा भैसी चराउँदै गरेको अवस्थामा नदिमा फसे’का हुन्। पानीको बहाव बढेपछि नदिको बीचैमा फ’सेको जिल्ला आप’तकालिन कार्य संचालन केन्द्रले जनाएको छ।
मंगलबार दिउँसोदेखि उनीहरु भैसीसहित टापुमा छन्। नदिमा पानीको बहाव बढ्दै गएपछि उनीहरुको उद्धा’रमा गएरातीदेखि नै लागेपनि उ’द्धार हुन सकेको छैन । उद्धा’र टोली डुंगासहित पुगेको भएपनि उनीहरुले भैसीसहित उ’द्धार गर्न माग राखेर आउन नमा’नेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
उद्धा’र टोली गएरातीदेखि खटिएपनि उनीहरुले भैसीसहित उ’द्धार गर्नुपर्ने माग राखेपछि उद्धा’रमा ढिला’ई भएको उनको भनाई छ। करिब १६/१७ वटा भैसी नदिको बीचमा उनीहरु सँगै रहेका छन्।