
अटो चलाएरै सन्तान लाई डाक्टर बनाउन सफल कञ्चनपुरकी गोमा
समाचार
April 16, 2021AdminLeave A CommentOn अटो चलाएरै सन्तान लाई डाक्टर बनाउन सफल कञ्चनपुरकी गोमा
महेन्द्रनगर – कार्तिक–जीवनकालको ४२ औँ वर्षमा अटोचलाइरहेकी कञ्चनपुरकी गोमा (डगौरा) चौधरी अझै जीवन सङ्घर्षमय बित्ने बताउँछिन्। जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उनको भीमदत्त नगरपालिका २ भाषिका धनबहादुर चौधरी सँग विवाह भयो, कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने उनमा निराशा छायो। एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्तित उनी ।
आफ्नो जीवन भन्दा सन्तानको जीवन एकदमै सुधारात्मक होस् भन्ने चाहना बोकेर उनले जीवनको सुरुवाती सामान्य साइकल बाट सुरु गरिन्। साइकलमा मालसामान बोक्दै १५ वर्ष उनले वितत गरिन्। उक्त अवधिमा दुई सन्तानकी आमा बनिसकेकी थिइन गोमा ।
साइकलमा मालसामान बोकेर विक्रेताकहाँ पु¥याउदै गर्दा उनका श्रीमानले सामान्य पसल समेत थापेका थिए। पसलको कारोबार र साइकलमा सामान ओसार–पसार गर्दे छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बालजागृती विद्यालयमा भर्ना गरिन्। सरिताले प्रवेशिका परीक्षा बाल जागृती बाटै उत्तीर्ण गरेकी हुन्। छोरा सन्तोष चौधरी महेन्द्रनगर स्थित रेडिएण्ट माध्यामीक विद्यालयमा अध्ययनरत थिए।
दुई सन्तानको अध्ययनको सिल`सिला जारी`रहेपछि उनले साइकल बाट मोटरसाइकलमा समेत मालसामान बोकिन्। कमाइको बचत बाट उनले ६ वर्ष पहिले अटो रिक्सा पनि खरिद गरेकी थिइन्।
दुई सन्तानको भविष्य उज्ज्वलको कामना सहित उनी निरन्तर काममा खटिइन्। लगत्तै छोरी सरिताले स्टाफ नर्स कोर्स पुरा गरिन्। उनले लोकसेवा मार्फत अनमीमा नाम निकालिन्। छोरी बाजुरा स्थित बाजुरा स्वास्थ्य चौकीमा सरकारी जागिरे भएको उनी बताउँछिन्। छोरा सन्तोष चौधरी भैरहवा स्थित सिद्धार्थ मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत रहेको उनी बताउँछिन्।
जीवनको सान्दर्भिकता अँगाल्दै उनले आफ्नो जीवन सरह सन्तानले पनि कष्ट झेल्न नपरोष भन्ने चाहनाले अझै केही वर्ष अटो रिक्सा चलाउने बताएकी छन्। उनले भनिन्– ‘काम सानो ठुलो हुँदैन, आफुले उच्च शिक्षा हासिल गर्न नपाउँदा सन्तान पनि वञ्चित नहोउन् भन्नका लागी अटो चलाउने पेसा अङ्गालेकी हु।’
अटो रिक्सा बाट मासिक ४०–५० हजार कमाइहुने गरेको उनी बता`उँछिन्। अटोबाटै सन्तानलाई उच्चशिक्षा देखी जागिरे बनाउने सपना छिट्टै सकार हुने भन्दै उनले हर्ष व्यक्त गरिन्। भुवन भट्टले हाम्रो कालापानीमा लेखेका छन ।