
काठमाडौं, असार २ ।
पछिल्ला केहीदिनदेखि भइरहेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनिरहेको छ । मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए। यसैबिच लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जना स्थानीयहरु रातभर खोलामा फसेका छन् ।
खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान सकेको थिएन। मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए र उनीहरुलाई बिहानपख बल्ल उद्धार गरिउको छ ।
मेयर रमेशकुमार पाण्डेका अनुसार खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान नसकेपछि डोजरको बकेटमा राखेर उद्धार गरेको हो । नम्बर ७ को राटमाटाका उनीहरु रातभर पानीमा भिजे पनि उक्त स्थानमा मानविय क्षती भने हुन नपाएको मेयर रमेशकुमार पाण्डेले जानकारी दिए ।