शुक्रबार ०५ आश्विन २०८०

महोत्तरी, २० असोज । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाइ कारवाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको साहयताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्ष समेत स्थपना गरिएको छ ।

बिगतमा देखिएका समस्यालाइ मध्येनजर गरि यात्रु सहायता कक्ष स्थापना गरेका हौ´ उनले भने,यात्रु सहायता कक्षको स्थापनाले अलपत्र यात्रु तथा विविध समस्या सावधान हुने बिस्वास लिएका छौ ।´

ट्राफिक नियमको उल्लंघन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरुलाइ आग्रह गरे ।
सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा ब्यवस्थापन गरिएको छ । जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन् ।

प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई निक्कै सक्रिय बनाएका छन् । प्रत्येक युनिटले दैनिक दिनको ३ पटकभन्दा बढी छडके चेक गरिरहेको सहायक कार्यालय प्रमुख होम भित्राकोटीले जानकारी दिए ।

प्रमुख सिजापतिले ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि ट्राफिक ब्यवस्थापनमा निक्कै परिवर्तन ल्याएका छन । ६ महिनाको अवधीमा नै उन्ले गौशाला नगरपालिकासगं समन्वय गरी ट्राफिक कार्यालयको आफ्नै भवन बनाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय रहेको ठाउँ बर्दिबास नगरपालिकामा भने भाडामा बस्दै आएका छन् । ट्राफिक कार्यालयको आफ्नै भवनको लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुलाइ अनुरोध गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।

बलेवा-

लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किनुभएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै हुनुहुन्छ । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाउनुभएको हो ।

कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरुका लागि गाउँपालिकाले अटो रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो । रोजगारी गुमाएर घर फर्किएकाले यसअघि उहाँसँग अटो रिक्सा खरिदका लागि पैसा थिएन । गाउँपालिकाभित्रै सञ्चालन गर्ने गरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटोरिक्सा उपलव्ध गराएको छ ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले ल्याएको थियो । शुक्रबार एक कार्यक्रममा धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीमा सञ्चालन हुने छन् । “युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पु¥याउने दुवै योजना हो” अध्यक्ष शर्माले भन्नुभयो “हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।”

पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादरसमेत गाउँपालिकाले तोकेर अटो रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताउनुभयो ।

अनुदानमा अटो रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको चिकित्सकको कागज, १८ देखि ४० वर्षभित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उनीहरुलाई अनुदान उपलब्ध गराएको शर्माले बताउनुभयो ।

गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुने छन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो रिक्सा सञ्चालन, मर्मत संहार र इन्धनको प्रबन्ध अटो रिक्सा सञ्चालक आफैँले गर्नेछन् । पाँच लाख ८९ हजार नौ सय पर्ने अटो रिक्साका लागि व्यवसायीले एक लाख ४७ हजार चार सय ७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ ।
–––


Last Updated on: October 1st, 2022 at 5:06 pm
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया