
लमजुङ १५ असोज । लमजुङको दोर्दी गाउँपालिका-९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ मनाउनका लागि राहत वितरण गरेको छ ।दशैँ मनाउनका लागि सहजताको लागी पालिकाले पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
पालिकाले प्रति सदस्य जनही एक/एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको जुनामाया चेपाङलाईय आठ हजार, चार जना परिवार सदस्य रहेको फुलमाया चेपाङलाई चार हजार र तीन जना परिवार सदस्य रहेको कान्छिमायाँ चेपाङलाई भने एक हजार थपसहित चार हजार रुपैयाँ आर्थिक सहयोग सहयोग गरेको गाउपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।
रकम हस्तान्तरण गर्दे गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सीमान्तकृत चेपाङ समुदाय आर्थिक अवस्था कमजोर भएकाले दशैँ मनाउन समस्या भएको र केही सहज होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको बताए ।
दशैँ शुरु भएको चार दिन हुँदा समेत दशैँ कसरी मनाउने अन्योलमा परेका आफूहरुले राहत पाएपछि रमाइलोसाथ मनाउन सकिने जुनुमायाँ चेपाङले बताइन । आम्दानीको श्रोत बलियो नभएको कारण चाडपर्व मनाउन मुस्किल हुँदै आएको बेलामा पालिकाले सहयोग गर्दा स्थानीय सरकार रहेको अनुभूति भएको कान्छिमाया चेपाङको भनाई छ ।
वर्षौँदेखि चुहिने घरमा दिन रात कटाउँदै आएका उनीहरुलाई केही वर्षअघि गण्डकी प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएको थियो । उनीहरुलाई उक्त घरले बस्नलाई सहज हुँदै आए पनि आर्थिक अभावका कारण खान भने समस्या भइरहेको छ । उनीहरु छिमेकीका खेतबारीमा काम गर्दै मुस्किनले जीवन निर्वाह गर्दै आइरहेका छन् ।
ताप्लेजुङ ।
ताप्लेजुङ महोत्सव म्याराथन प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दल वहादुर कुँवर प्रथम भएका छन् । जुम्लाको तातोपानी गाउँपालिकाका कुँवरले निर्धारित दूरी ४ घण्टा २ मिनेट २७ सेकेन्डमा पूरा गरेका छन् ।
दोश्रो भएका त्रिभुवन आर्मीका खगेन्द्र बहादुर भाटले मिनेटले ४ घण्टा २ मिनेट ५० सेकेन्डमा पूरा गरे । पाँचथरका मेयाङ्वाले ४ घण्टा २ मिनेट ५१ सेकेन्डमा दूरी पूरा गर्दै तेश्रो स्थान हासिँल गरे ।
महिलातर्फ ताप्लेजुङस्थित मैवाखोला गाउँपालिका फाकुम्बाकी सोमपाल्मु शेर्पा प्रथम भएकी छिन् । शेर्पाले ३ घण्टा ४१ मिनेट ९ सेकेन्डमा पूरा गरेकी हुन् । भोजपुरकी छेम्बीमाया राई दोश्रो भएकी छिन् । मिक्वाखोला गाउँपालिका–३ लिवाङकी पेम्बाल्हामू शेर्पा तेश्रो भएकी छिन् ।
पुरुषतर्फ प्रथम भएका कुँवरले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । दोश्रो भएका भाटले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् । तेश्रो स्थान हाँसिल गरेका मेयाङ्बाले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।
महिलातर्फ प्रथमले ८१ हजार १ सय ११ रुपैयाँ,दोश्रोले ५१ हजार १ सय ११ रुपैयाँ र तृतीयले ३१ हजार १ सय ३१ रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट दशभित्र परेका महिला र पुरुष दुवै तर्फका खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कार प्राप्त गरेका छन् ।
सदरमुकामस्थित पाथीभरा चोकदेखि सुकेटार–काफ्लेपार्टीहुँदै पाथीभरा मन्दिरसम्मको दुरी कायम गरिएको थियो । जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजक पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए ।
पाथीभरा क्षेत्र विकास समिति र भिमकाली गुल्मको आयोजनामा असोज ११ गतेदेखि ३ दिनसम्म महोत्सव सञ्चालन भएको हो ।
प्रतिक्रिया दिनुहोस्