मंगलबार २० मंसिर २०७९

विश्‍व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक क्रार्यक्रमबीच संयुक्त रुपमा उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा डिआइजी कुँवरले हस्तान्तरण भएका सामग्रीहरू सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा वितरण गरिने बताए ।

कार्यक्रममा महाशाखाका निर्देशक डा.चुमनलालले सवारी चालकहरूले मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि नेपाल प्रहरीलाई सहयोग हुने बताए ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनिकरण गर्न उक्त सामग्रीहरू हस्तान्तरण गरिएको उक्त अवसरमा जानकारी दिइयो ।

प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापक महाशाखाका निर्देशक डा. सर्वेश शर्मा, रोड सेप्टी काउन्सिलका प्रतिनिधि सरोज प्रधान, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योती बानिया, स्वास्थ्य सेवा विभाग कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन महाशाखाका डा.रवीन्द्र बासकोटा र प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

ताप्लेजुङ ।

ताप्लेजुङ महोत्सव म्याराथन प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दल वहादुर कुँवर प्रथम भएका छन् । जुम्लाको तातोपानी गाउँपालिकाका कुँवरले निर्धारित दूरी ४ घण्टा २ मिनेट २७ सेकेन्डमा पूरा गरेका छन् ।

दोश्रो भएका त्रिभुवन आर्मीका खगेन्द्र बहादुर भाटले मिनेटले ४ घण्टा २ मिनेट ५० सेकेन्डमा पूरा गरे । पाँचथरका मेयाङ्वाले ४ घण्टा २ मिनेट ५१ सेकेन्डमा दूरी पूरा गर्दै तेश्रो स्थान हासिँल गरे ।

महिलातर्फ ताप्लेजुङस्थित मैवाखोला गाउँपालिका फाकुम्बाकी सोमपाल्मु शेर्पा प्रथम भएकी छिन् । शेर्पाले ३ घण्टा ४१ मिनेट ९ सेकेन्डमा पूरा गरेकी हुन् । भोजपुरकी छेम्बीमाया राई दोश्रो भएकी छिन् । मिक्वाखोला गाउँपालिका–३ लिवाङकी पेम्बाल्हामू शेर्पा तेश्रो भएकी छिन् ।

पुरुषतर्फ प्रथम भएका कुँवरले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । दोश्रो भएका भाटले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् । तेश्रो स्थान हाँसिल गरेका मेयाङ्बाले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।

महिलातर्फ प्रथमले ८१ हजार १ सय ११ रुपैयाँ,दोश्रोले ५१ हजार १ सय ११ रुपैयाँ र तृतीयले ३१ हजार १ सय ३१ रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट दशभित्र परेका महिला र पुरुष दुवै तर्फका खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कार प्राप्त गरेका छन् ।

सदरमुकामस्थित पाथीभरा चोकदेखि सुकेटार–काफ्लेपार्टीहुँदै पाथीभरा मन्दिरसम्मको दुरी कायम गरिएको थियो । जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजक पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

पाथीभरा क्षेत्र विकास समिति र भिमकाली गुल्मको आयोजनामा असोज ११ गतेदेखि ३ दिनसम्म महोत्सव सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्


Last Updated on: October 1st, 2022 at 6:01 pm
७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया