
वि.सं.२०७७ साल चैत्र ०८ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–अष्टमी,५६ घडी ५८ पला, रातको ०४ बजेर ५६ मिनेट उप्रान्त नवमी । नक्षत्र– मृगशिरा,२४ घडी ४६ पला,बेलुकी ०४ बजेर ०३ मिनेट उप्रान्त आद्र्रा । योग– आयुष्मान,०९ घडी १३ पला,बिहान ०९ बजेर ५० मिनेट उप्रान्त सौभाग्य । करण– भद्रा,बेलुकी ०४ बजेर १८ मिनेट उप्रान्त बव,रातको ०४ बजेर ५६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १४ मिनेट । दिनमान ३० घडी १४ पला । अष्टमीव्रत, गोरखकालीपूजा, चिरोत्थान, होलीकारम्भ ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् भने रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । आर्जित धन सञ्चय गरि दीर्घकालिक प्रयोजनमा उपयोग गर्न सकिनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना बनाई समाधान गर्न सकिनेछ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सबल रहनेछ । गहना, कपडा वा धातु जोड्ने समय रहेकोछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग आत्मियता बढ्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज गरिने काममा बाधा तथा अवरोध हुनेछ । नयाँ ठाउँमा लगानी गर्नको लागी समय मध्ययम रहेकोछ । सामान हराउने वा चोरी हुने सम्भावना रहेकोले सचेत रहनुहोला । नियमित खर्चसमेत बढ्ने तथा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधनको प्रयोग गर्दा वा बाटो काट्दा ध्यान दिनुहोला । यात्रा भरसक स्थगित गर्नुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज नाँफा वा लाभांश सञ्चय नहुन सक्छ । व्यापारमा मन्दि आउने तथा सामानहरु विग्रन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त हुने छैन । आम्दानी र सञ्चित रकम समेत खर्च हुनेछ । तरपनि निर्माण सामाग्र र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु साटासाट गर्न सक्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्राविधिक काममा सफलता प्राप्त हुने भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरि पद प्राप्तीको योग रहेकोछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको सिर्जना गरि आर्थिक रुपमा सवल हुन सकिनेछ । । मिहिनेतले राम्रा काम गर्न सकिनेछ । माया प्रेमम रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । फाईदा हुने काम वा जिम्मेवारी तपाईँको काधमा आउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बोल्दा ध्यान दिनुहोला,बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने हुनाले काम गर्न मन लाग्ने छैन । शरिरमा आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा सवारी साधनको प्रयोग गर्दा सचेत हुनुहोला । धनमाल हराउने वा भौतिक सम्पती गुम्नसक्ने सम्भावना रहेकोछ । परिवारका सदस्य वा नजिकैको साथीले तपाईँलाई सहयोग गर्ने छैनन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय मध्ययम रहेकोले अनावश्यक काममा अलमल हुनेछ । खानपान, मानोरञ्जन तथा बिलाशी वस्तुको सोखले खर्च बढ्ने योग रहेकोछ । आफन्तलाई दिईएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । सम्बन्ध अनुकूल बनाइराख्न हम्मे हम्मे पर्नेछ । तरपनि समस्या दर्साउदा आफन्त तथा शुभचिन्तकले साथ दिनेछन । आज गरिने मिहिनेत पछीका लागी लाभ दाएक हुनेछ । खानपानमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउदै सकारात्मक नतिजा हात लाग्ने योग रहेकोछ । आयात निर्यात व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन पाईने हुँदा मन प्रसन्न हुनेछ । पुराना तथा थाति रहेका काम तथा आर्थिक मुद्दाहरु हल भएर जानेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भाइबहिनी र छोराछोरीका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उन्नती, प्रगती र शैक्षिक क्षेत्रमा ध्यान जानेछ । भौतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
भैपरि आउने खर्चले चिन्ता बढाउनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्यका दृष्टिकोणले समय मध्ययम रहेकोछ । काम तथा व्यापारको लागि कर्जा लिनु पर्ने हुन सक्छ । अवसर तथा रोजगारिको लागी दौडधुप गर्नुपर्ला । आफ्नो मेहनेतको प्रतिफल अरुले हत्याउन खोज्नेछन् । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
तपार्ईँको दिन शुभ रहोस् ।