मंगलबार २० मंसिर २०७९

सिमरा : हालै नेकपा एमाले प्रवेश गरेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बाराको पचरौतामा एमालेका नेता कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल पचरौता नगर कमिटीको प्रथम अधिवेशन तथा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुन आएका खनाललाई ५१ किलोको मालाले स्वागत गरिएको हो।

खनाललाई नगरपालिकाका प्रमुख जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादवसहित नेताकार्यकर्ताले माला लगाएका थिए।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी हुन काठमाडौंबाट सडकमार्ग हुँदै बारा आएका खनाल जामका कारण शनिबार साँझ पचरौता पुगेका थिए।

ढिलै भएपनि कार्यक्रमस्थल पुगेका खनाललाई पचरौताका स्थानीय र एमाले नेताकार्यकर्ताले स्वागत गरेका हुन्।

सअघि युवा संघको प्रथम अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलबिर चौधरी, पचरौता नगरपालिकाका नगर प्रमुख सिंह, एमाले युवा नेता पुरुषोत्तम साह, उमेश कुशवाहा लगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई नेता चौधरीले स्वागत गरेका थिए।

यसैगरी शुभकामना आदनप्रदानपछि सम्पन्न अधिवेशनले सुनिलकुमार यादवको अध्यक्षतामा ४७ सदस्यीय राष्ट्रिय युवा संघ पचरौता नगर कमिटी गठन गरेको छ।

पचरौतामा सर्वेन्द्र खनाललाई ५१ किलोको माला लगाएर स्वागत गरिँदै।

बलेवा-

लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किनुभएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै हुनुहुन्छ । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाउनुभएको हो ।

कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरुका लागि गाउँपालिकाले अटो रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो । रोजगारी गुमाएर घर फर्किएकाले यसअघि उहाँसँग अटो रिक्सा खरिदका लागि पैसा थिएन । गाउँपालिकाभित्रै सञ्चालन गर्ने गरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटोरिक्सा उपलव्ध गराएको छ ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले ल्याएको थियो । शुक्रबार एक कार्यक्रममा धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीमा सञ्चालन हुने छन् । “युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पु¥याउने दुवै योजना हो” अध्यक्ष शर्माले भन्नुभयो “हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।”

पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादरसमेत गाउँपालिकाले तोकेर अटो रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताउनुभयो ।

अनुदानमा अटो रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको चिकित्सकको कागज, १८ देखि ४० वर्षभित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उनीहरुलाई अनुदान उपलब्ध गराएको शर्माले बताउनुभयो ।

गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुने छन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो रिक्सा सञ्चालन, मर्मत संहार र इन्धनको प्रबन्ध अटो रिक्सा सञ्चालक आफैँले गर्नेछन् । पाँच लाख ८९ हजार नौ सय पर्ने अटो रिक्साका लागि व्यवसायीले एक लाख ४७ हजार चार सय ७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ ।
–––


Last Updated on: October 2nd, 2022 at 1:24 pm
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया