आइतबार १४ आश्विन २०८०

गोरखा : चीन सरकारले नेपालका सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपाहार दिएको छ। तिब्बत स्थित महावाणिज्यदूतको कार्यालयले सीमानामा रहेका पालिकालाई एक्साभेटर हस्तान्तरण गरेको हो।

पूर्वाधार निर्माणमा सहयोग गर्ने उद्देश्यले चीन सरकारले एक्साभेटर उपलब्ध गराएको गोरखाका चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए। चीन सरकारले गत असार महिनामा रसुवागढी नाकामा एक कार्यक्रम गरी १४ गाउँपालिकाहरुलाई एक्साभेटर हस्तान्तरण गरेको थियो।

अरु पालिकाहरुले असारमै एक्साभेटर लगिसके पनि चुमनुब्री गाउँपालिकाले भने भन्सार छुटको प्रकिया पुर्याउन नसक्दा ढिला भएको थियो। प्रकिया पूरा गरी तीनदिन अघि मात्र एक्साभेटर लिएर आएको श्रेष्ठले बताए। सो एक्साभेटर तिहारपछि मात्र गाउँपालिका लैजाने र सडकलायतका संरचना निर्माणमा प्रयोग गर्ने श्रेष्ठले बताए।

दोधारा चाँदनी-

कोरोना महामारीका दुई वर्ष नेपालीले धुमधामसँग दसैँ, तिहारलगायतका चाडपर्वहरु मनाउन पाएनन् । यस वर्ष भने कोरोना महामारीको त्रास हटिसकेकाले दसैँको चहलपहल बढेको छ । रोजगारीका लागि भारतमा रहेका नेपालीको पश्चिमी नाका गड्डाचौकीमा भीड लागेको छ । महेन्द्रनगरबाट दसैँ मनाउन जन्मथलो फर्किनेको बसपार्कमा भीड छ । बजारमा किनमेल गर्नेको चहलपहल पनि उत्तिकै छ । बैतडीको देहिमाण्डौका कविराज भट्ट दसैँ मनाउन दुई वर्षपछि जन्मथलो फर्किनुभयो । “हरेक वर्ष दसैँ मनाउन म जन्मघर बैतडी जाने गर्थे कोरोना महामारीका कारण दुई वर्ष जान पाएन ।” उहाँले भन्नुभयो, “यस पटक छोराछोरी परिवारसहित दसैँ मनाउन जन्मघर जाँदैछु ।” उहाँले विगतका वर्षमा जस्तो त्रासका बीच चाडपर्व मनाउनुपर्ने बाध्यता यसपटक नरहेको बताउनुभयो ।

“विगतमा बजारमा सरसामान किन्न जान डरै हुन्थ्यो, आफन्तकाहाँ टीकाटालो गर्न पनि त्रास हुन्थ्यो”, उहाँले भन्नुभयो, “कोरोनाका कारण मान्यजनको हातबाट जमरा र आशीर्वाद ग्रहण नगरेको पनि दुई वर्ष भयो ।” उहाँले यस पटकको दसैँ उल्लासमय रहेकाले भव्यताका साथ मनाउने बताउनुभयो । भीमदत्त नगरपालिका–६ ऐठपुरका सन्तोष पन्तले पनि कोरोना महामारीपछि साथी भाइसँग पिङ खेल्न र बजार घुमफिर गर्न पाएकामा खुशी हुनुहुन्छ । महेन्द्रनगरस्थित कञ्चन समाजले हालेको पिङ खेल्न अहिले घुइँचो लागेको छ । “महेन्द्रनगर नजिकमा अरू ठाउँमा पिङ देख्न पाइएन यहाँ कञ्चन समाजले पिङ हालेको छ साथीहरुसँगै पिङ खेल्न आएको छु ।” उहाँले भन्नुभयो, “दुई वर्ष त घरभित्रै थुनियो अहिले दसैँको रौनक छ सबैतिर ।”

पछिल्लो समय दसैँको रौनकता भने घ्टदै गएको बताउनुभयो । “पहिला–पहिला हामीलाई दसैँ आउन महिनादिन अगाडिदेखि रौनक छाइसक्थ्यो ।” उहाँले भन्नुभयो, “पिङ हाल्ने, चङ्गा उडाउने, नयाँ लुगा किन्ने क्रियाकलापले रमाइलो हुन्थ्यो ।” त्यसैगरी काठमाडौँबाट दसैँ मनाउन घर फर्किएका दीपेश कार्कीले पनि यस वर्षको दसैँ उल्लासमय रहेको बताउनुभयो । “कोरोना पछिको यो दसैँ विशेष हुन्छ किनकि कोरोनाका कारणले आफन्त एक ठाउँमा भेला हुन पाएका थिएनौँ”, उहाँले भन्नुभयो, “यस वर्ष भने आफन्तहरुको भेटघाटले पनि यो दसैँ विशेष उल्लासमय हुन्छ ।”

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिले विजय पाएको दिनका रूपमा विजयादशमी मनाउने चलन छ । घटस्थापनाका दिन राखिएको जमरा दशमीको दिन दुर्गादेवीको प्रसादका रूपमा लगाउने र टीकाका दिन परिवारका ज्येष्ठ सदस्यबाट टीका तथा जमरा लगाइने प्रचलन छ ।दसैँ मनाउनकै लागि भारतबाट यो महिनामा मात्रै १३ हजार नागरिक स्वदेश फर्केका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार असोज १ देखि हालसम्म १३ हजार एक सय ६१ नेपाली गड्डाचौकी नाकाबाट स्वदेश फर्केका छन् । त्यसैगरी महेन्द्रनगरबाट सुदूरका पहाडी जिल्लाहरुमा पनि करिब २० हजार नागरिक बाहिरिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महेन्द्रनगरबाट सुदूरका पहाडी जिल्ला जाने यात्रुको चाप अत्यधिक छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दले पहाडी जिल्ला फर्किने यात्रुको चाप बढेकाले यात्रुको सुरक्षाका लागि ट्राफिक प्रहरीले यात्रुको यान्त्रिक जाँच गरिरहेको बताउनुभयो ।

“सुरक्षित यात्राका लागि सवारीको यान्त्रिक जाँच गर्ने क्षमताभन्दा बढी यात्रु हाल्न नदिने कार्यक्रमअन्तर्गत यात्रुसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिराखेका छाँै,” उहाँले भन्नुभयो । विभिन्न कामको सिलसिलामा महेन्द्रगरमा बसाइँ गर्ने नागरिक दसैँका लागि कुलपूजामा सहभागी हुन पहाडी जिल्ला दार्चुला, बैतडी, बाजुरा, बझाङ, अछाम र डडेल्धुरा जाने गरेका छन् ।


Last Updated on: October 2nd, 2022 at 1:28 pm
१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया