मंगलबार २० मंसिर २०७९

काठमाडौँ — विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचारभन्दा माथि देश’ दस्तावेजलाई ‘घातक’ भन्दै खारेज गरेको छ । विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले मिश्रले अघि सारेको उक्त दस्तावेज विवादास्पद भएको भन्दै खारेज गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

विवेकशील साझाको शुक्रबार अध्यक्ष समीक्षा बाँस्कोटाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले तत्कालीन अध्यक्ष मिश्रले अघि सारेको उक्त दस्तावेजकै कारण ‘पार्टीभित्र तीव्र राजनीतिक असहमति सुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको’ निष्कर्ष निकालेको छ । उक्त निष्कर्षसँगै मिश्रको दस्तावेज खारेज गरिएको हो ।

मिश्रले दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय भएको पनि परियारले जानकारी दिए ।

विवेकशील साझा पार्टी केन्द्रीय समितिमा रहेर पार्टी हित विपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न रहेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको परियारले जानकारी दिए । उनीहरूमाथि आवश्यक कदम चाल्ने पनि विवेकशील साझाले निर्णय गरेको छ ।

तत्कालीन अध्यक्ष मिश्रसँग असन्तुष्ट रहेर पार्टीबाट राजीनामा दिई स्वतन्त्र बसेका नेताहरूलाई पुनः सक्रिय हुन पनि विवेकशील साझा पार्टीले आग्रह गरेको छ । ‘बैठकले पार्टीभित्र देखा परेको वैचारिक असहमतिका कारण विगत देखिनै राजीनामा दिएका, असन्तुष्ट भएर निष्क्रिय रहेका र वैचारिक संघर्षमा सम्मिलित सम्पूर्ण नेता तथा सदस्यहरूलाई विवादास्पद र घातक दस्तावेज ‘विचारभन्दा माथि देश’ खारेज गरिसकिएकाले पार्टीमा पुन: सक्रिय हुन, पार्टी निर्माणसँगै आसन्न निर्वाचनमा होमिन हार्दिक अपिल गरेको छ,’ परियारले भने ।

मिश्रले विवेकशील साझा छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । उनी राप्रपामा वरिष्ठ उपाध्यक्ष भएका हुन् । राप्रपा प्रवेश गर्नका लागि गत सोमबार पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए । उनी बुधबार राप्रपा प्रवेश गरेका थिए । मिश्र राप्रपा प्रवेश गरेपछि उनले विवेकशील साझामा प्रवेश गराएको ‘विचारभन्दा माथि देश’ खारेज भएको हो ।

ताप्लेजुङ ।

ताप्लेजुङ महोत्सव म्याराथन प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दल वहादुर कुँवर प्रथम भएका छन् । जुम्लाको तातोपानी गाउँपालिकाका कुँवरले निर्धारित दूरी ४ घण्टा २ मिनेट २७ सेकेन्डमा पूरा गरेका छन् ।

दोश्रो भएका त्रिभुवन आर्मीका खगेन्द्र बहादुर भाटले मिनेटले ४ घण्टा २ मिनेट ५० सेकेन्डमा पूरा गरे । पाँचथरका मेयाङ्वाले ४ घण्टा २ मिनेट ५१ सेकेन्डमा दूरी पूरा गर्दै तेश्रो स्थान हासिँल गरे ।

महिलातर्फ ताप्लेजुङस्थित मैवाखोला गाउँपालिका फाकुम्बाकी सोमपाल्मु शेर्पा प्रथम भएकी छिन् । शेर्पाले ३ घण्टा ४१ मिनेट ९ सेकेन्डमा पूरा गरेकी हुन् । भोजपुरकी छेम्बीमाया राई दोश्रो भएकी छिन् । मिक्वाखोला गाउँपालिका–३ लिवाङकी पेम्बाल्हामू शेर्पा तेश्रो भएकी छिन् ।

पुरुषतर्फ प्रथम भएका कुँवरले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । दोश्रो भएका भाटले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् । तेश्रो स्थान हाँसिल गरेका मेयाङ्बाले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।

महिलातर्फ प्रथमले ८१ हजार १ सय ११ रुपैयाँ,दोश्रोले ५१ हजार १ सय ११ रुपैयाँ र तृतीयले ३१ हजार १ सय ३१ रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट दशभित्र परेका महिला र पुरुष दुवै तर्फका खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कार प्राप्त गरेका छन् ।

सदरमुकामस्थित पाथीभरा चोकदेखि सुकेटार–काफ्लेपार्टीहुँदै पाथीभरा मन्दिरसम्मको दुरी कायम गरिएको थियो । जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजक पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

पाथीभरा क्षेत्र विकास समिति र भिमकाली गुल्मको आयोजनामा असोज ११ गतेदेखि ३ दिनसम्म महोत्सव सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्


Last Updated on: October 2nd, 2022 at 1:51 pm
९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया