बुधबार २४ जेठ २०८०

काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा ठूलो धनजनको क्षती भएको छ । अहिले सम्म ७ शव फेला परेका छन् । जसमध्य ६ जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुलेको छैन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएकाहरुको शव फेला परेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले जानकारी दिए ।

हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु उद्धार गरिएको छ । अझै २३ जना कामदार सम्पर्क विहिन छन् । हेलम्बु गाउँपालिका (१ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरु बाढीमा फसेका थिए ।

आयोजनामा फसेका ४७ जना कामदारहरुलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको छ । मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो । केही कामदारहरु भागेर ज्यान जोगाए, कोही त्यहीँ फसेका थिए भने कोही अझै सम्पर्क विहिन छन् ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माण कार्य भइरहेकाले नेपाली, चिनियाँ र भारतीय तथा आयोजनाको कर्मचारी सहित ७० जना कामदार क्याम्पमा थिए । बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगे पनि हालसम्म सुरुङ भने सुरक्षित छ । सम्पर्क विहिन भएकाहरुको अवस्था अहिले सम्म थाहा छैन ।

narayanipati


Last Updated on: June 16th, 2021 at 6:48 pm
७६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया