
धरानः धरान-६ पानबारीकी १६ वर्षीया किशोरी स्नेहा निरौला शनिबार एकदिनका लागि श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बनेकी छिन् ।
किशोरीले प्रधानाध्यापक भएपछि छलफल समेत गरेकी थिइन् । विद्यालयमा भएका समस्या बुझ्दै उनले किशोरकिशोरीमैत्री विद्यालय हुनुपर्ने बताइन् । विद्यालय तथा अन्य क्षेत्रमा किशोरीहरूमाथि हुने समस्यालाई स्थानीय सरकारसमक्ष जोड्न सहयोग पुगोस् भनेर साmे कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको ।
स्नेहाले जिम्मेवारी पाएपछि आफ्नै विद्यालयको एकदिनको प्रधानाध्यापक हुन पाएकोमा खुशी प्राप्त भएको बताउँदै आफूमा भएको नेतृत्व, सीप, बोल्ने र विभिन्न चुनौतीसँग लड्न मानसिकरुपमै तयार भएको भन्दै भविष्यमा आफू मेहनत गरेर यस्तै पदमा पुग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद धमलाले केही नभएपनि एउटी बालिकाले आफ्नो जिम्मेवारी लिँदा धैरै पहिलेदेखि नै यो जिम्मेवारी सम्हालेको झलकहरू रहेको र विद्यालय सधैं किशोर किशोरीहरुको हकहितको लागि साथ सहयोग सधैं रहने बताएका छन् । आफनै विद्यार्थीलाई आफ्नो पद जिम्मेवारी सम्हालेको देख्दा आफू हर्षित भएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नं ६ कि महिला वडा सदस्य देविका विश्वकर्माले किशोरीहरूलाई कमजोरीको रूपमा लिनु नहुने बताउँदै उनीहरुको योजना निर्माणदेखि कार्यान्वयन तहसम्मको भूमिका रहेने बताइन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा १० औं अन्तर्राष्ट्रिय बालिका दिवसअन्तर्गत सो कार्यक्रम आयोजना गरी किशोरीलाई प्रधानाध्यापक बनाइएको हो ।
प्रतिक्रिया
गोरखा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान बामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताएका छन् । यहाँस्थित सत्ता गठबन्धनले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।
“यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन”, अध्यक्ष दाहालले भने, ‘संविधान ध्वस्त पार्ने अवस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।” उनले संविधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताए । “पटक–पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो”, उनले भने, “अब यसलाई मङ्सिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।”
फरक प्रसङ्गमा अध्यक्ष दाहालले आफू नयाँ रेकर्ड बनाउने उद्देश्यसहित गोरखामा निर्वाचन लड्न लागेको भन्दै यसको छुट्टै महत्व रहेको समेत बताए । “गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन”, उनले भने, “गोरखाको भूगोल, संंस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु ।”
उनले आफू गोरखा २ नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भए पनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक समृृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने बताए । नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया