
काठमाडौं । ड्युटी सकिएपछि धेरैलार्य कामै गर्न मन लाग्दैन । यो मानविय स्वभाव हो । तर पछिल्लो समय विकाश गरिएका मेशिनरी सामानहरुमा पनि यस्त प्रविधी जोडीएको छ जसको ड्युटी सकिएपछि कामै गर्दैनन् ।
हालै सामसङ कम्पनीले एउटा अनौठो कम्प्युटर माउस तयार गरेको छ जसले ड्युटी सकिएपछि कामै गर्दैन । यो माउसले निश्चित समयसम्म काम गरेपश्चात् आफै चल्न छाड्दछ र आफ्नो पांग्राको मद्दतले टाढा भाग्ने कम्पनीले जनाएको छ ।
सामसङले उक्त ब्यालेन्स माउसको भिडियो आफ्नो कोरियाली युट्युब च्यानलमा जारी गरेको छ । यसलाई अहिले केवल अवधारणाको रुपमा मात्र पेश गरिएको छ अर्थात् बजारमा अहिल्यै उपलब्ध छैन ।
यो माउस बजारमा उपलब्ध आम माउसहरु जस्तै हुन्छ तर कम्पनीले यसमा एक फिचर थप गरेको छ । जसबाट कामकाजी मानिसहरुले धेरै काम गर्नुपर्ने बाध्यतामा रोक लगाउन सक्दछ ।
सुर्खेत÷
कालीकोटको पचालझरना गाउँपालिका–४ बाट चक्र रोकाया कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि सुर्खेतसम्म पुग्न गाडी पर्खिदा पनि पाउनुभएन ।
एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता अर्कोतिर बाटोमा अलपत्र परिने होकी भन्र्ने चिन्ताले उहाँ दुई दिनको पैदलयात्रा गरेर कालीकोट र दैलेखको सिमानासम्म आइपुगेपछि मात्र फेरी एक दिन गाडी चढेर सुर्खेत आइपुग्नुभयो । गत हप्ताको अविरल वर्षाका कारण कर्णाली राजमार्गको धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुँदा रोकायजस्तै हजारौँ यात्रुले यस्तै सास्ती बेहोर्नुपरेको छ ।
दसैँ मनाउन घरमा पुगेका हिमाली जिल्लाका व्यक्ति आफ्नो पढाइ र कर्मथलोमा फर्किन थाले पनि कर्णालीको हिमाली जिल्लालाई जोड्ने एकमात्र कर्णाली राजमार्ग नखुल्दा केही व्यक्ति अझैसम्म घरबाट हिँड्न सकेका छैनन् भने केही व्यक्तिबीच बाटोमै अलपत्र छन् ।
रोकाय भन्नुहुन्छ, “म तीन दिनको यात्रापछि सुर्खेत आइपुगँे, मजस्ता हजारौँ यात्रुले सडक नखुल्दा हैरानी बेहोर्नुपरेको छ, केही व्यक्ति बाटोमै अलपत्र छन् भन्े केही जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।”
अहिले कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्रै ७३ ठाउँमा पहिरो गएकाले सवारीसाधन बीच बाटोमै अलपत्र छन् । कतिपय यात्रु लामो दूरीमा पैदलयात्रा गर्न बाध्य छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा मात्रै १३ वटा सवारीसाधन बीचैमा अलपत्र परेका छन् ।
जुम्लाको तिला गाउँपालिकाका टङ्क न्यौपाने पनि यस्तै अवस्थामा हुनुहुन्छ । सडकअवरुद्ध बन्दा उहाँ आफ्नो कर्मथलो आउन सक्नुभएको छैन । हिमाली भेगका नागरिकलाई हरेक साल यस्तै दुःख हुन्छ।
उहाँ भन्नुहुन्छ, “दसँैं तिहार र घर पुग्दा खुसी लिएर जानुपर्ने मान्छे, चिन्ता बोकेर जानुपर्छ, भौगोलिकरुपमा ठगिएका कर्णालीका नागरिक सधैँ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छन् ।”
कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडकखण्डको पहिरो हटाउने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
जुम्ला–कालीकोट खण्ड छिटो खुलाउन सम्बन्धित पालिका र सुरक्षा निकाय जुटेका छन्, जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी भन्नुहुन्छ ।
धेरै ठाउँमा एक्साभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुङ्गा फुटाउन ’ब्लास्टिङ’ गर्नुपर्ने भएकाले नेपाली सेनालाई खटाइएको छ । स्थानीय प्रशासनका अनुसार बाटो खुलाउन अझै तीन दिनसम्म लाग्न सक्छ ।
जहाजमा टिकट पाउन पनि सहज छैन
कर्णाली राजमार्ग पहिरोले जोखिमपूर्ण भएपछि त्यहाँका नागरिक अहिले महँगो भाडा तिरेर हवाई मार्गमार्फत यात्रा गर्न बाध्य छन् । जहाजको यात्रा गर्न टिकट पाउन पनि मुस्किल छ । टिकटमा मनोमानी छ, जुम्लाका तपेन्द्र भट्टराई भन्नुहुन्छ, “विमानस्थलमा सर्वसाधारण यात्रुले सहजै टिकट पाउने अवस्था छैन, पहुँचको भरमा टिकट वितरण हुन्छ । गाडीबाट यात्रा गर्ने सम्भावना पनि छैन, आफ्नो पढाइ र कर्मथलोको लागि सुर्खेत, नेपालगञ्जलगायत ठाउँमा जान पनि विमानस्थलमा यात्रुको खचाखच छ ।” महँगो भाडा भए पनि टिकट नै नपाउँदा समस्या भएको उहाँ बताउनुहुन्छ । कर्णाली राजमार्ग अवरोध भएपछि विमानस्थलमा झनै चाप बढेको स्थानीयवासी बताउछन् ।
जुम्लास्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीका अनुसार जुम्लादेखि नेपालगन्ज दैनिक दुईदेखि तीन वटा उडान हुँदै आएको छ । जुम्लामा तारा, गोमा, सीता एयरले उडान भर्दै आएका छन् । “बिरामी र लोकसेवाको परीक्षा दिने विद्यार्थीलाई प्राथमिकता दिएर टिकट दिइरहेका छौँ । उहाँ भन्नुहुन्छ, “पर्याप्त जहाज नहुँदा हामीलाई पनि समस्या छ ।”
जिल्ला प्रशासन कार्यालयले भने हवाई उडान कम हुँदा समस्या रहेको जनाएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी केशरी दसँै र तिहारले गर्दा पनि पहिलेको तुलनामा विमानस्थलमा दैनिक भीडभाड भएकाले बढीभन्दा बढी हवाई उडान गराउन समवन्य भइरहेको बताउनुहुन्छ ।
“गत हप्ताको अविरल वर्षाले एक मात्र कर्णाली राजमार्ग अवरुद्ध हुँदा विमानस्थलमा भीडभाड बढेको हो, अहिले पर्याप्त उडान गर्ने जाहाज पनि छैनन् । धेरै उडान गराउने कुरामा हामीले समन्वय गरिरहेका छाँै उहाँ भन्नुहुन्छ ।” मुगस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष गौतम पनि एयरलाइन्स कम्पनी नै बढी नहँुदा समस्या भएको बताउनुहुन्छ ।