बिहिबार १४ साउन २०७८

समाचार
काठमाडौँ

गायिका अञ्जु पन्तको –‘ माया एउटासंग बिबाह अर्कोसंग’ बोलको गीतले थुप्रै युवा धड्कनको आत्मासात गरेको छ । उक्त गीत आत्मासात गर्ने पछिल्ला

युवा धड्कन हुन, गुल्मीका एक जोडी । उनीहरु हुन रेसुङ्गा नगरपालिका–६ नेटाखर्ककी २३ वर्षिया ललिता बिक र गुल्मी दरवार गाउँपलिका–७ चारपाला काफलचौरका २७

वर्षिय करन सुनार । उनीहरुबीच असोज–२७ गते धुमधामसंग मागी बिबाह भएको थियो । यता माईतीमा नयाँ छोरी ज्वाँई पहिलो बर्ष दशैको टिका थाप्न आउने

भनेपछि तयारीका लागि भ्याई नभ्याईमा थिए । तर दुर्भाग्य बाबु आमाको त्यो खुशी र दशैंको उत्साहमा निरासा हुन पुग्यो । बिबाह गरेको ५ दिन नबित्दै छोरी

नव बेहुलालाई छाडेर बेपत्ता भईन । दशैंको संघार देखि अहिले अन्तिम सम्म दुबै परिवारजन उनको खोजीमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा धाई रहेका छन ।

ललिताका दाजु हिमाल बिकका अनुसार उनी छिमेकी सागर परियार संग भागी बिबाह गरेर भागेको एसएमएस आई सकेको छ । फोनमा कहिले बुटवलमा त

कहिले काठमाण्डौ भन्ने गरिएका छन्। यसै समाचारदाताले फोन गर्दा सागरले फोन उठाए । उनले भने–” म अहिले मिक्सीङ्गमा ब्यस्त छु , तपाई खै को हो मैले चिनिन ।”

अर्को पटक फोन गर्दा उठाएनन् । दाजु हिमाल भन्छन–” बहिनी र सागरबीच लभ थियो भन्ने हामीलाई थाह भएको भए हामीले बिबाह गराई दिने थिएनौं ।

करनजी र हामी पहिल्लै देखिका नातेदार हौं , उहाँहरु माग्न आएपछि हामीले केटा केटीलाई सम्मुख बनाएका थियौं । बहिनी बिबाहका लागि राजी भएपछि कुरा छिनिएको

थियो ।’सागरले अघि थपे , सम्पर्कमा आउन नचाहेपछि हामी दुबै परिवार प्रहरीको सहारा लिन आएका हौं ।” उनीहरुले शुक्रवार जिल्ला प्रहरी प्रमुख एसपी

दिपककुमार बस्नेतलाई भेट गरी यथासिघ्र खोजतलासका लागि आग्रह गरे । झण्डै ६ लाख खर्चेर बिबाह गरेको बताउने करन यति बेला निकै निरास देखिन्छन ।

उनको भनाई यस्तो छ–” म माथी निकै ठुलो धोका भयो । गर–गहना सहित झण्डै ६ लाख खर्चेर बिबाह गरियो । त्यस अघि उनीसंग बेग्लै बसेर मन खोला खोल

भएको थियो । उनी राजी भएपछि बिबाहको कुरा छिनिएको थियो । त्यसरी सागर भन्ने केटा संग पहिलादेखि नै लभ थियो भने उति बेलै भन्नु पर्दथ्यो । जब घर

लगियो उनी रोई मात्र रहिन् केहि बोलीनन् । चार पाँच दिन सम्म पनि उनले मलाई नजिक पर्न पनि दिईनन । ” केटाको भारतबाट मजदुर गरेर कमाएको

लगभग ६ लाख रुपैयाँ सकिएको छ । केटिललाई ईमान्दारी पुर्वक सम्पर्कमा आई उनको गर–गहना र अन्य सामाग्री बुझाउन उनले आग्रह गरेका छन् । पछिल्लो

चरण माया प्रेम र बिबाह समन्धमा यस्तो घटना नौलो नहुने गरेकोले पनि बिबाह पूर्व केटा केटी दुबैलाई बढी नै सोधपुछ र बिबाह मितिको ग्याव

केहि फराकिलो पारेर कुरा टुङ्गाउनु पर्ने देखिन्छ ।(प्रेम सुनवारले एनबिसी खबरमा लेखेको यो समाचार हामीले साभार गरेका हौ)

यो पनि पढ्नुहोस

एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?

जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।

कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।

विवाह गर्नैपर्छ त

न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।

पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।

त्यसो भए विवाह गर्नैपर्छ त

यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।

विवाह बन्धन कि बाध्यता

हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।

हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।

यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।

गृहस्थी सुखको कुरा

तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।

विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट


Last Updated on: March 21st, 2021 at 3:56 am
११८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया