
भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फुल ।
तिहार नजिकिएसँगै यसरी ढकमक्क फुल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् ।
यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।
फोटोहरू :-
भक्तपुर :
काठमाडौंमा अवैध रूपमा बनेका भवन हटाउन डोजर आतंक मच्चियो भन्ने गुनासो आइरहँदा भक्तपुरमा भने यही यसमा फरक परिदृष्य देखिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अन्धाधुन्ध अवैध निर्माण भत्काएर आतंक मच्चाइरहेको भनी सामाजिक सञ्जालमा भाइरल भइरहँदा भक्तपुर क्षेत्रमा संरचना हटाउँदाको दृश्य भने कहीकतै आएको छैन।
किनकि यहाँ डोजर आतंक छैन। न त विरोधीहरूले संरचना हटायो भनी नारा जुलुस नै गरेका छन्। बरु सम्झाई बुझाइपछि यहाँ नगरवासी स्वंयमले नै संरचना हटाइरहेका छन्।
भक्तपुर नगरपालिका-५ न्यातापोल मन्दिर परिसरमा अहिले संरचना हटाउने कार्य जारी छ। त्यहाँ स्थानीयवासी आफैले वडाको अनुरोधमा संरचना हटाउने कार्य जारी राखेका छन्।
उनीहरूलाई पूर्व सूचना दिएर विकल्प बनाइदिएपछि वडावासी आफैंले संरचना हटाइरहेका वडा कार्यालयले जनाएको छ। अन्नपूर्णकर्मी शुक्रबार त्यहाँ पुग्दा पनि स्थानीयवासीहरू आ-आफनो संरचना हटाउन व्यस्त देखिएका थिए।
भक्तपुर नगरपालिका-५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छें चरण चरणमा सरोकारवालाहरूसँग बसेर छलफल गरेपछि स्थानीय आफैं संरचना हटाउन तयार भएर काम गरेको सुनाउँछन्।
‘हामीले दसैंअघि नै वडा कार्यालयसँगै जोडिएको भगवती बजार (भक्तपुरमै सस्तो बजार भनेर चिनिने बजार) हटाउनु पर्यो भनी व्यापारीहरूलाई भनेका थियौं, वडअध्यक्ष विजुक्छेंले भने, उनीहरूले हामीले दसैंपछि हटाउँछौं भनेपछि हामीले असोज २७ गतेभित्र हटाउन सहमति भएको थियो।
व्यवस्थापनको नाममा विस्थापन नगरेकाले समस्या सहजै रूपमा सुझिल्द आएको विजुक्छेंले सुनाए। आफूहरू आक्रामक नभई उनीहरूको पनि पिरमर्का बुझेर वीन-वीन सिचवेशन (दुवै पक्ष जित्ने वातावरण) मा काम हुँदा सहज भएको उनको भनाइ छ।
उनीहरूसँग पनि छलफल गरी विकल्प खोजेर काम गर्दा जवरजस्ती गर्नु नपरेको र उनीहरूको पनि रुवावासी, विरोधको जुलुश खेप्न नपरेको उनको अनुभव छ।
अहिले वडा नं ५ मा मात्रै चार/पाँच ठाउँमा संरचना हटाउने कार्य जारी छ। वडा कार्यालयसँग रहेको सस्तो बजार, सस्तो बजारकै छेउको बजार, चलाखु क्षेत्र, कपाली दर्शनधारी क्षेत्रलगायतका ठाउँहरूमा स्थानीयसँग समन्वय गरी काम गरिरहेको देखिएको छ।
स्थानीयले अतिक्रमण गरी राखिएका पसलहरू हटाउनुका साथै पेटीहरू नमिचेर पसलहरू नराख्दा अहिले ती क्षेत्रका आवतजावतमा समस्या खुलेको छ।
यसअघि जताततै पसल थापिदिँदा हिँडडुलमै समस्या थियो। अहिले स्थानीयले छाना हटाई आफनो सीमाक्षेत्रभित्र मात्रै पसल राखेपछि चोकहरू फराकिला देखिएका छन्।
भक्तपुर नगरपालिका-५ का यी क्षेत्रहरू विश्व प्रसिद्ध पाँचतल्ले मन्दिरको आसपासमै छन्। पाँचतल्ले मन्दिरको दक्षिण पूर्वमा रहेका यी ठाउँहरू यसअघि अस्तव्यस्त थिए।
कतिले पुरै सार्वजनिक क्षेत्र नै कव्जा गरी पसल थापेका थिए भने कतिले अनियमित रूपले धेरै छाना राखेर पसल बाहिर सडकपेटीसम्म आउने गरी बजार विस्तार गरी आवतजावतमा समस्या पारेका थिए।
यसैबीच तिहारको समयमा हुने अस्थायी बजार भक्तपुरको पाँचतल्ले मन्दिर क्षेत्र आसपास राख्न नलगाउने भएको छ।