
झापामा नर्सको प्रेमीले नै बलात्कार गरि हत्या गरेको खुलासा, प्रेमी पक्राउ
June 17, 2021 4
दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको कर णी पछि ज्यान लिएको भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।
पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको कर णी पछि ज्या न लिएको दाबी गर्दै जाहेरी दिएको थियो । “प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले कर णी पछि ज्या न लिएको देखाउछ” सेजलका बुबा सरोज कोइरालाले भने, “प्रहरीले थप प्रमाण जुटाएर दोषीलाई कानुनअनुसार कारबाही गर्नेपर्ने हाम्रो माग छ ।”
“बिहीबार दिउँसो नै छोरीको ह’ ‘त्या भएको रहेछ” बुबा कोइरालाले भने, “घटना पश्चात कोठामा चाबी लगाएर बाहिर निस्केको र फेरी कोठामा गएर आफैँले हस्पिटल लगेको प्रहरीको अनुसन्धानबाट देखिन्छ ।” सेजल दमक नगरपालिका–५ स्थित डेरामा बसेको घरको बाथरुममा बो होस अवस्थामा फेला परेकी थिइन् । सेजललाई उपचारका लागि लाइफलाइन अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
सेजलको मृत्युबारे प्रहरीले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । घटना रहस्यमय भएकाले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । घटनाको कारण भने अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् ।
इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बे होस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पु¥याउने बित्तिकै सेजलको मृत्यु भएको थियो ।