
हेलिकप्टरमा मनाङेलाई लिएर मुख्यमन्त्री पोखरेल राहत बाँड्न मनाङ
June 17, 2021 16
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गरेका छन् । उनी हेलीकप्टर मार्फत राहत सामग्री लिएर मनाङ पुगेका हुन् । मनाङमा आएको बाढी पहिरोले ठुलो क्षती गराएको छ । औषधी, खाद्य सामग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ प्रस्थान गरेको हो ।
साथमा मनाङकासांसद चिन्तबहादुर घले र सञ्चारकर्मी पनि छन् । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरको व्यवस्थापन गरिएको हो । प्रदेशवासीलाई सुरक्षित तबरले व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री छ ।
उनीहरु बाढीबाट प्रभावित चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिपाल, चिउरा, औषधि, चाउचाउलगायत सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमा गएका हुन् ।
गत सोमबार आएको बाढीले मनाङको चामेबजार, नासो गाउँपालिकाको तालगाउँ लगायतका आधा दर्जन भन्दा बढी ठाउँमा क्षति पुर्याएको छ । बुधबार मर्स्याङ्दी नदीमा आएको बाढीले धारापानी बाथोचे जाने पुल, प्रभु बैंक, कैलाश बैंक, नासो गाउँपालिकाको कार्यालय भवन, यथलैया होटल र सीमा प्रहरी चौकीको भवन समेत बगाएको थियो ।
मनाङमा बाढी पहिरोबाट एक हजारभन्दा बढी नागरिक विस्थापित भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीले जिल्लाभरका करिब पाँच दर्जन घरमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा बाढी पहिरोले पाँचवटा झोलुङ्गे पुल, तीनवटा काठे पुल र एउटा बेलिब्रिज बगाएको छ ।