
एकजना नेपाली अनिष प्रधानका अमेरिकाको क्यालिफोर्नि या मा सात ओटा प्लेन आफ्नै छन् र उनले प्लेन बनाउन विभिन्न विदेशीहरूलाई तालीम समेत दिँदै आइरहेका छन्।उनी भन्छन्,मलाई एक्लै देखेर यदि मैले कुनै पनि नेपाली लाई प्लेन बनाउँछु,मेरो सात ओटा प्लेन छन् भन्यो भने कुनै पनि नेपालीले पत्याउँदैनन् तर यदि मैले कुनै पनि विदेशी लाई अगाडि राखेर तालीम दिइरहेको देखे भने चाहिँ हो रहेछ भनेर पत्याउने गर्दछन्।हो यहि भएर नेपालीहरू पछि परेको हो।अरुको काम पनि नपत्याइदिने र आफू पनि गर्न नसक्ने।
उनको खास नाम अनिष प्रसाद प्रधान हो।नेपालमा उनको घर ठमेलमा हो र उनी १६ वर्षको उमेरमा अमेरिका आएका हुन्।उनीसँग कुरा गर्ने क्रममा आफूसँग भएका ६ ओटा एरो प्लेनहरू देखाउँदै भने,एउटा चाहिँ आकाशमा उडिरहेको छ यतिबेला।कम्पनी खोलेर काम गरेको १० वर्ष भयो भने ट्रेनिङ दिन थालेको डेढ बर्ष जति भयो,उनले भने।त्यस भन्दा अगाडि पनि उनी यसैमा आबद्द भइ सेवा दिँदै आइ रहेका थिए।एरोप्लेन बनाउने,कीट बनाउने,रि-सर्भिस गर्ने देखि लिएर इन्स्पेक्सन सम्मको काम उनी यसभन्दा अगाडि गर्दै आइरहेका थिए।उनले अहिले फ्लाइट स्कुल र मेइन्टे नेन्स गरेर कम्बाइन गर्दै आइरहेका छन्।
यसरी उनी जस्तै प्राइभेट एइर्क्र्याफ्टको लागि सबैले परीक्षा दिएर पास गरेर लाइसेन्स लिएपछि आकाशमा उडाउनको लागि अनुमति प्राप्त गर्न सकिने प्राबधान रहेको छ।उनले अहिलेसम्म धेरैलाई फ्लाइट सिकाइसकेका छन् र उनीसँगै अहिले काम गर्ने कम्पनीमा १० जना रहेका छन्।१० जना मध्येमा कसैले बनाउने,त कसैले उडाउन सिकाउने जस्ता फरक-फरक जिम्मेवारीको कामहरू गर्दै आइरहेका छन्।
एउटा एरोप्लेनलाई किन्दा खेरी लगभग कति जति लाग्ला भनेर प्रश्न गर्दा उनी एउटा सेतो नर्मल एरोप्लेनलाई देखाउँदै भन्छन्,यस्तो किन्ने भए चार लाख पचास हजार डलर पर्छ।त्यसैगरी त्यहाँ अलिक पर भएको रातो कलरको हेलिकप्टर देखाउँदै भने यो पनि यहीँ बनाएको हेलिकप्टर हो।त्यसपछि स्लिङले चाहिँ आफैं बनाउँछ नि हेलिकप्टर भनेर सोधपुछ गर्दा उनी भन्छन्,एसेम्बल गरेर बनाउँछन्।
वास्तवमा हाम्रो लागि एकजना नेपालीले प्लेन बनाउने त्यो पनि अमेरिकामा आएर भनेर सुन्दा,बुझ्दा अलिक अनौठो लागेर आउँछ,अन्य पेशा गर्ने नेपालीहरूलाई नि गौरवको विषय हुँदो रहेछ।तपाईं कसरी नेपालको मान्छे भएर पनि यो पेशा अपनाउने अवसर प्राप्त गर्न सक्नुभयो भनेर प्रश्न गर्दा उनी अलिअलि ठट्टा गर्दै भन्छन्,म सानो छँदा विदेशबाट अङ्कल,दिदी र कोही आफन्त आउने हुँदा सानो सानो एरोप्लेन खेलाउनको लागि ल्याइदिनुहुन्थ्यो। म त त्यसलाई खेलाउँदा खेलाउँदै यहाँ पो आइपुगेछु।
उनले प्लेन मात्रै नभएर गाडी पनि बनाएका छन्। कुन गाडी बाहिरबाट सामान्य लागेतापनी भित्र हेर्न जाँदा त्यहाँ बाथरुम,किचन,बेडजस्ता सुविधाहरू पर्याप्त रहेका छन्।उनले नेपालमा पनि आविष्कार केन्द्र र फ्लाइङ स्कुल खोल्ने विचार रहेको पनि बताए। उनी नेपाल आउँदा पहिले जति साइकलहरू देख्ने गर्दथे त्यो भन्दा बढी उनले अहिले गाडीहरू देखेको बताउँछन्।अब यसभन्दा अर्को स्टेप नेपालको लागि फ्लाइङ एअरक्र्याफ्टको युग हो भन्दै त्यसको लागि आफूले योगदान गर्न समेत तयार भएको बताएका छन्।कृपया यसै बिसयमा तयार पारिएको भिडियो तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।