बुधबार २० मंसिर २०८०

बाढी पीडितलाई रा’हत दिन खोज्दा मेलम्चीमा पिडितले लखेटे (भिडियो)
June 17, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा विवाद भएको छ एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि झडप भएको हो । पीडितहरुमाथि राजनी ति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको लोप्सन लामाले बताएका छन् ।

स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् मेलम्चीको इन्द्रेश्व री माविमा बसिरहेका बाढी प्रभावितहरू का लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका

पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्ट र फलबहादुर तामाङले रातोपाटीलाई जानकारी दिए ।अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै वि’रोध गरेपछि अनेरास्ववियू का कार्यकर्ता र स्थानीयबीच

धकेला धकेल भएको हो । अहिले परिस्थिति सामान्य बनेको तामाङले जानकारी दिए । गत मंगलबार मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारमा दर्जन बढी घर डुबानमा परेपछि प्रभावितहरु इन्द्रेश्वरी माविमा आश्रय लिएर बसेका छन् ।


Last Updated on: June 18th, 2021 at 2:13 am
५५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया