
काठमाडौं । नेपालको हिमाली भेगहरुमा यतिवेला यार्सागुन्बु टिप्न जानेहरुको भिड छ । पुर्व र पश्चिमका हिमाली भेगहरु यार्साका लागि खानी मानिन्छन् । यार्सागुम्बा बेचेर जिवन चलाउनेहरु यतिवेला हिमाली भेग पुगीकेका छन् । लगातार परेको वर्षाका कारण यार्सागुम्बा टिम्न गएका ७५ जना मनाङको फु क्षेत्रमा अलपत्र परेका छन् ।
भारी हिमपात र वर्षाका कारण बाढीले बाटो भत्किदा मनाङका ७५ जना स्थानीयबासी अलपत्र परेका हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले उनीहरुको उद्दारको प्रयास भइरहेको जानकारी दिएका छन् ।
यार्सागुन्बु टिप्न एक महिना अघि त्यस क्षेत्र पुगेका उहाँहरु निरन्तर वर्षा पछि घर फर्कन सकेका छैनन् । बाढीले बाटो, पुल भत्काएपछि विचल्लीमा परेकाले तत्काल उद्धार गर्नु जरुरी भएपनि अप्ठेरो भएको छ । २५ जनाका दरले तीन समुहमा रहेका मध्ये दुई समुह केही सुरक्षित रहेको र बाँकी २५ जना भने तत्काल उद्धार नगरे विपत्ति आइपर्न सक्ने सिडियोको भनाई छ । खराब मौसमका कारण उद्दारमा समस्या भएको बताइएको छ । विहान सात बजे अल्टिच्युट हेलिकप्टरबाट पाँचजनाको भने उद्धार गरिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******