सोमबार १८ मंसिर २०८०

मेलम्चीमा दुई चिनियाँ र एक भारतीय नागरिकको शव भेटियो, १७ जना अझै सम्पर्कविहीन

सिन्धुपाल्चोक । मेलम्चीमा गत मंगलबार आएको बाढीका कारण ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार अन्य १७ जना सम्पर्कविहीन रहेका छन् ।

नेपाली, चिनियाँ र भारतीय नागरिक गरी १७ जना म्पर्कविहीन रहेका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बिहीबार शव भेटिएका चिनियाँ नागरिकद्वय गोङ टियान छियो र यु चि झु र भारतीय नागरिक कमल लोचन महतोको शव बाढीका विभिन्न क्षेत्रमा भेटिएको प्रशासनले जनाएको छ ।

यसैगरी ५ जना घाइते रहेका छन् भने एक जना चिनियाँ नागरिक उपचारपश्चात् फिर्ता भएका छन् । अन्य ८० जनाको नेपाली सेना, प्रहरी तथा सशस्त्रले उद्धार गरेका छन् । उनीहरुको अवस्था हेरेर विभिन्न अस्पतालहरुमा उपचार गरिँदैछ ।

narayanipati


Last Updated on: June 18th, 2021 at 2:34 am
४०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया