
काठमाडौ । काठमाण्डौंको कालिमाटीस्थित ज्योति अस्पतालमा गर्भ प’तन गराउन आएकी एक महिलाको मृत्यु भएपछि बिरामीका आफन्तले दुई दन बबाल गरे । अवस्था विग्रन थालेपछि अस्पतालले प्रहरी बोलायो । तर अस्पताल प्रशासनले क्षतीपुर्ती स्वरुप १० लाख रुपैया दिने सहमति गरेपछि विवाद मिलेको छ । अहिले आफन्तले उनको शव बुझेर अन्त्यष्टिका लागि लगेका छन् ।
अस्पताल भर्ना भएकी रामेछाप दोरम्बा गाउँपालिका ६ की २५ वर्षीया अनिता घिमिरेको मंगलवार मृत्यु भएको हो । सोमवार करिब ११ बजे भर्ना भएकी उनको अवस्था जटिल भएपछि बेलुका ८ बजे थप उपचारको निम्ति ग्वार्कोको बीएण्डबी अस्पताल रिफर गरिएको थियो । बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भए पनि ज्योति अस्पतालको लापरबाहीको कारण गर्भवतीको मृत्यु भएको भन्दै आफन्तहरुले विरोध गरेका थिए ।
मृ तक अनिता घिमिरेका भाइ अविनाश खत्रीले अब विवाद नगर्ने सहमति गरेर आजै अस्पतालबाट शव बुझी मृ तकको दाहसंस्कार गरिएको बताएका छन् । उजुरी नगर्ने र अन्तिम संस्कार गर्ने सहमति भएपछि पोष्टमार्टम पनि नगरिएको अविनाशले बताए ।
तीन छोरीकी आमा बनीसकेकी उनी चौथो पटक गर्भवती भएकी थिइन् । भ्रुण पहिचान गरेर गर्भ प’तन गराउने सल्लाह अनुसार उनी कालिमाटि स्थित अस्पताल पुगेकी थिइन । जेठ ३१ गते सोमबार देवरलाई लिएर उनी कालीमाटीस्थित ज्योति अस्पताल पुगेकी उनलाई औषधी खाएर गर्भ पा’त पनि गराइयो । त्यसपछि उनको स्वास्थ्य अवस्था विग्रिएको थियो । गम्भीर बनेकी उनको थप उपचारका लागि बिएन्डबी अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो ।
narayanipati