बुधबार १० आश्विन २०८०

सिन्धुपाल्चोकको बाढीमा भेटिए यति ठूला माछा
समाचार
June 17, 2021AutherLeave A CommentOn सिन्धुपाल्चोकको बाढीमा भेटिए यति ठूला माछा
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले सिन्धुलीमा माछा आएका छन्। मेलम्चीमा अर्बौको धनमाल क्षति हुने गरी आएको बाढी सिन्धुलीको सुनकोसीमा मिसिँदा कोसीको बाढीमा ठूलो संंख्यामा माछा भेटिएको स्थानीयले बताए।

इन्द्रावती नदीको बाढीको प्रभावले सुनकोसीमा बाढी आउँदा सिन्धुलीको सुनकोसी गाउँपालिका गोलञ्जोर गाँउपालिका र फिक्कल गाँउपालिकाका नदीको आसपासमा बसोबास गर्ने स्थानीय सबैले माछा समातेको स्थानीय बासिन्दाले बताएका छन्।

सुनकोसी आसपासको किनार जानेले माछा नलिई कोही फर्किएनन्, सिन्धुलीको गोलञ्जोर एरियामा मात्रै पाँच टन बढी माछा समातेको अनुमान गरेका छौं।’ स्थानीय गणेश माझीले बताए। सुनकोसीमा बाढी आएसँगै बुधबार बिहानैदेखि स्थानीय माछा समात्न कोसीको किनारामा पुगेका थिए।

यो पनि समाचार :कैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाको सिमानामा पर्ने राष्ट्रिय वनको बीचमा त्रिपालले बेरेर बनाइएको छाप्रोमा बसाइ छ । पालमा बसेर चार वर्षीय छोरीलाई जाउलो खुवाइरहनुभएकी रुपा बुढामा भोलि छोरीलाई के खुवाउने र आफूले के खाने भन्ने चिन्ता रहेको सहजै बुझ्न सकिन्थ्यो । उक्त क्षेत्रका करीब तिन सय घरपरिवार त्रिपालमुनि बसिरहेका छन् । चुरे गाउँपालिकाका विभिन्न वडाहबाट पहिरो पीडित भएर वासस्थानको खोजि गर्दै जङ्गललाई आफ्नो बासस्थान बनाएका उनीहरूको अवस्था अहिले दयनीय छ । त्रिपालमुनिको बसाईँ आफैमा खतरापूर्ण छ, त्यसैमा सानासाना बालबालिकालाई जङ्गलमा रहेका किरा फट्याङ्ग्राबाट बचाउन उस्तै गाह्रो छ । खानेपानीको समस्या भएकाले नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता छ ।

पहिरोले आफ्नो घर खेत बगाएपछि घरबारविहीन भएकाहरू राज्यले आफूहरूलाई नागरिकसरह व्यवहार नगरेको भन्दै स्थानीयबासी गुनासो गरिरहेका छन् । आफ्ना नागरिकको घर खेत बगाएर उनीहरूको अवस्था दयनीय हुँदासम्म सबैभन्दा नजिकको स्थानीय सरकारले खासै ध्यान नदिएको चुरे गाउँपालिका–६ का रामकुमार बोहराको गुनासो छ । आफूहरू बाध्यताले जङ्गलको बीचमा त्रिपालमुनि बस्नु परेपनि सरोकारवाला निकायले आफूहरूका बारेमा ध्यान नदिएको उहाँको गभनाइ छ । गाउँपालिका–६ का ६५ वर्षीय खडक बोहराले आफ्नो १५ रोपनी जग्गा र घर पहिरोले बगाएपछि सुकुम्बासी भई बासस्थानको खोजीमा गाउँका अरूसँगै जङ्गलमा आएको तर यहाँ बसेर बाँचिएला जस्तो नलागेको बताउनुभयो ।

अलि धेरै दिन पुग्ने भएकोले बालबच्चाले अलि दिन खालान् भनेर यसरी बनाएको उहाँले बताउनुभयो । पहिरोले भएको सबै लगेपछि गाउँका मानिस जता जान्छन् त्यतै यी छोराछोरी बोकेर हिँडेको छु । जबसम्म श्वास रहन्छ तबसम्म आश रहन्छ भन्ने हुँदोरहेछ, त्यसैले यो विशाल जङ्गलमा त्रिपालमुनि बालबच्चासँगै गुजारा गर्न लागेको जनाउनुहुन्छ–रोका मगर । प्रभावितहरु आफूलाई बासस्थानका लागि वैकल्पिक व्यवस्था हुनुपर्नेमाम जोड दिइरहेका छन् ।(रासस)


Last Updated on: June 18th, 2021 at 2:45 am
४८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया