बिहिबार ११ आश्विन २०८०

ज्वाला संग्रौलाले ‘एनि हाउ सरुवा गराइदिने’ चे’तावनी दिएका असई साँच्चै सरुवा
समाचार
June 17, 2021AutherLeave A CommentOn ज्वाला संग्रौलाले ‘एनि हाउ सरुवा गराइदिने’ चे’तावनी दिएका असई साँच्चै सरुवा
काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा एक युवतीले बर्दीमा रहेका प्रहरीलाई प्रहरी चौ’कीभित्रै थ’र्काएको सुनिन्छ । उनले एक असईलाई ‘एनि हाउ’ सरुवा गराइदिने चे’तावनी दिएकी छन् ।

र, ती असईको साँच्चिकै सरुवा भएको छ ।घटना झण्डै एक महिनाअघिको हो ।थ’र्काउने अभियन्ता हुन् ज्वाला संग्रौला । सामाजिक सञ्जालमा चर्का स्टाटस लेखेर ‘भाइरल गर्ल’ का रूपमा चिनिएकी उनी अहिले विभिन्न स्थानमा राहत वितरणमा व्यस्त छिन् ।

राहत बाँ’ड्न जाने सिलसिलामा महाराजगञ्जमा उनको प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झासँग ल’फडा भएको थियो । त्यसबेला ड्यु’टीमा रहेका झा उक्त घटना भएको एक साता नवित्दै महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सरुवा भएका छन् ।

घटनालगत्तै साँच्चै द’बाबमा सरुवा गरिएको हो ? भन्ने प्रश्नमा इन्सपेक्टर श्रेष्ठले त्यसलाई न’कारे । नियमित प्रक्रिया अन्तर्गत नै स’रुवा भएको उनको जवाफ छ । तर, झा सो वृत्तमा आएको करिब ६ महिनामात्रै भएको थियो । श्रेष्ठ भन्छन्, ‘म पनि स’रुवा भएर आएको धेरै भएको छैन ।

एक महिना जति मात्र भयो । मलाई त नियमति स’रुवा नै होला भन्ने लागेको छ । विस्तृत रूपमा बु’झ्न पाएको छैन ।’ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज स्रोतका अनुसार झा कोटेश्वरबाट महाराजगञ्जमा स’रुवा भएर आएको करिव ६ महिनामात्र पुगेको थियो ।

उनको कार्यसम्पादन राम्रो रहेको र इन्सपेक्टर रविन्द्रकुमार श्रेष्ठले पनि रुचाएको स्रोतको भनाइ छ ।तर, घटना भएलगत्तै का’जसरुवा भएको जानकारी महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई आयो । जानकारी पाएपछि इन्सपेक्टर श्रेष्ठले रो’क्न पनि खोजेका थिए ।तर माथिबाट द’बाब आएको हो कि के हो, इन्स्पेक्टर साबको पनि केही लागेन,’ स्रोतले भन्यो ।महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका इन्स्पेक्टर श्रेष्ठका अनुसार महाराजगञ्जमा प्रहरीले चे’किङका लागि उनी चढेको मोटरसाइकल रोकेपछि वि’वाद भएको हो ।

उनले घटना विवरण यसरी सुनाए :-‘उहाँहरू राहत बाँड्नका लागि नुवाकोट हिँड्नुभएको थियो बाइकमा । उहाँहरूसँग सवारी पास थिएन । अरु कुनै परिचयपत्र पनि थिएन । लाइसेन्स समेत रहेनछ । केही कागजात नभेटेपछि ड्यु’टीमा ख’टिएका साथीहरूले बाइक होल्ड गर्नुभयो ।

बाटोमा रो’किएपछि उहाँहरू आवेशमा आउनुभयो । अ’हम्ताले पनि होला अलिकित बढी नै बोल्नुभयो । हामीले राहत बाँड्न पनि नपाउने ? भन्दै ड्यु’टीमा रहेका साथीहरुलाई दु’र्व्य’व’हा’र पनि गर्नुभएछ । म पनि पछि त्यहाँ पुगेको थिएँ ।उहाँहरूले ड्युटी’मा भएका साथीहरूले आफूमाथि हा’तपा’त गर्नुभएको मलाई बताउनुभयो ।

तर, मैले राम्रोसँग अनुसन्धान गर्दा हा’तपा’त गरेको पाइनँ । उल्टै हाम्रो ड्यु’टी’मा भएका साथीहरुमाथि नै दु’र्व्य’व’हा’र गर्नुभएको छ ।घ’टना हुँदा उहाँहरूले भिडियो पनि खिचिरहनुभएको रहेछ । तपाईंले त्यो सामाजिक सञ्जालमा रहेको भिडियो पनि देख्नुभयो होला । त्यसमा सबै कुरा स्पष्ट छ ।

हा’तपा’त भएको भए भिडियोमा देखिनुपर्ने हो । त्यो हामीलाई देखाए जुनसुकै का’रवाही भो’ग्न पनि तयार छौ ।’उनीहरूले बर्दीमा रहेका प्रहरीमाथि दु’र्व्यव’हा’र गरेको भए किन का’रवाही गर्नुभएन त ? भन्ने प्रश्नमा इन्स्पेक्टर श्रेष्ठ यसो भन्छन्ः-‘जे हुनु भइहाल्यो । हामीले यसलाई त्यति ठूलो रूपमा लिएनौं ।

घटना भएको पनि करिव एक महिना पुग्न थालिसकेको छ । हामीले त त्यो घटना बि’र्सिसकेका थियौं । यहाँहरूजस्तै पत्रकार साथीहरूले अहिले बुझ्न खोज्नुनुभएपछि सम्झिने हो । नभए हामी नियमित काममा ख’टिएका छौ । सा’नातिना घटना हुन्छन्, त्यसलाई हामी त्यति ठूलो रूपमा लिदैँनौ ।

यसलाई त्यति ठूलो विषय बनाइरहनुपर्दैन भन्ने मलाई लाग्छ ।’प्रहरी चौ’कीभित्रै खिचिएको भिडियोमा ज्वालाको समूह र प्रहरीहरुबीच वि’वाद भएको देखिन्छ । इन्स्पेक्टर श्रेष्ठले भने वि’नम्र बन्दै सम्झाउने कोसिस गरेका छन् ।‘ज्वाला संग्रौला को हो थाहा छ कि छैन ? नाम सुनेको छ ? सञ्जाल हेर्ने गरेको छ ?

तपाईंको आईजीपीले सम्मान गर्ने मान्छे हो,’ एक युवक भन्छन् । अर्का व्यक्ति (सम्भवत: चालक) को स्वर सुनिन्छ, ‘मलाई का’रवाही गर्नुस्, मैले -कागज) बोकेको थिइनँ । तर त्यसलाई पनि का’रवाही गर्नुस् जसले मुख छो’डेको छ । ड्यू’टीमा बसेर त्यसरी मुख छाड्न पाइँदैन । मा’साले भन्न पाइन्छ ?’

अर्को पुरुष स्वरले भन्छ, ‘यो ट्राफिकमा बसेर देशका लागि पाँच वटा राम्रो काम के गर्नुभयो ? किन जागिर खाएको ? प्रेस ज्याकेट लगाएको एक व्यक्ति पनि छन् । उनले कस्तो बेलामा भिडियो खिच्न पाइन्छ कस्तोमा पाइन्न भन्ने सिकाउने प्रयास गरेका छन् ।असई झाले भने आफ्नो भिडियोको दु’रुपयोग भयो भने सा’इबर क्रा’इ’म’को कुरा गरेको प्रष्टीकरण दिन्छन् ।ज्वाला भन्छिन्, ‘यस्तो मान्छे हामीलाई चाहिँदैन । उहाँलाई स’रुवा एनि हाउ गराउँछौं । तपाईं यो एरियामा चाहिँदैन । अरु सब ठीक छ तपाईं चाहिँदैन ।

तपाईंलाई धेरै दिन बस्न दिँदैनौं । वि’वा’द सा’म्य पार्ने क्रममा इन्स्पेक्टरले ज्वालाको स’मूहसँग मा’फी मागेका छन् ।‘आजको घटनामा जेजस्तो भयो, म इन्चार्जको हिसाबले प्रहरीबाट भएको ग’ल्तीका लागि मा’फी माग्छु,’ उनले भनेका छन्, ‘मा’सा’ला भनेको जस्तो चाहिँ लाग्दैन ।

ज्वालाले मुख छो’ड्ने प्रहरी अर्कै भएको बताउँछिन् ।ज्वाला भन्छिन्, ‘मुख छोडेको हिसाबकिताब गर्नुपर्छ ।मेरो पनि दाजुभाइ प्रहरीमा हुनुहुन्छ । हामीसँग लाइसेन्सको फोटोकपि छ, बिल बु’क छ भन्दा म एक-एकलाई सा’इबर क्रा’इ’म’मा ठे’गान लगाइदिन्छु भन्ने ?’हामी भोकभोकै राहत बा’ड्ँन हिँडेका छौं । मलाई सा’इबर क्रा’इममा जे’ल हा’ल्दा देश बन्छ भने ५० वर्ष जे’ल हा’ल्नुस्’, उनले भनेकी छन् । भिडियो हेर्दा घ’टनामा ज्वालाभन्दा पनि उनका सहकर्मी उ’त्तेजकरूपमा प्रस्तुत भएको देखिन्छ ।नेपाल प्रेस बाट


Last Updated on: June 18th, 2021 at 2:50 am
८५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया