
बिरामी श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीले अस्पतालमै गरिन देहत्याग
June 18, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । घरमा एक जना सदस्य बिरामी पर्दा सबैलाई त नाव हुन्छ । विरामीको स्वास्थ्यमा परिवारका सदस्य सबै चिन्तित हुन्छन् । उस्तै चिन्तामा रहेकी एक महिला श्रीमानको निधन पछि आफुले पनि संसार छोडेकी छन् । ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत श्रीमानको निधन पछि कुरुवा बसेकी उनकी श्रीमतीले पनि देह त्याग गरेकी छन् ।
मयाग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुष अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उनको स्याहारमा श्रीमती कुरुवा बसेकी थिइन् । उनलाई जेठ १९ गते पोखराको मणीपाल अस्पतालवाट रेफर गरेर त्यहाँ ल्याइएको थियो । श्रीमानलाई किमो थेरापीका लागि ललितपुर स्थित अस्पताल ल्याएकी श्रीमतीले श्रीमानको मृत्यु सहन सकिनन् । उनका श्रीमानको विहिवार निधन भएको हो । श्रीमानको मृत्यु पछि बिचलित भएकी उनकी श्रीमतीलाई शुक्रवार वाथरुममा झु ‘ण्डि’एको अवस्थामा मृ त फेला पारेको प्रहरीले जनाएको छ ।
अस्पतालका सीईओ डा। बच्चुकैलाश कैनीले श्रीमानको मृत्यु सहन नसकेर श्रीमतीले पनि त्यस्तो निर्णय गरेको हुनसक्ने अनुमान गरीएको छ । श्रीमानको राती नै मृत्यु भएको थियो भने शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गर्दा श्रीमती बाथरुममा फेला परेकी थिइन् ।