
काठमाडौं ।
प्राय स्टाटस लेखिबस्छन्– धरान उपमहानरगरपालिकाका मेयर हर्क साम्पाङ । जानकारीमूलक, सचेतनामूलक, सन्देशमूलक स्टाटस पोष्ट गरिरहने मेयर साम्पाङको फेसबुक स्टाटसलाई लिएर मानिसहरु पक्ष, विपक्षमा पनि बाँडिएका छन् । कसैले मेयर साम्पाङको स्टाटसलाई मन पराएका छन् भने कसैले मेयर भएर पद सुहाउँदो स्टाटसमात्र लेख्न सल्लाह दिइरहेका छन् ।
स्टाटस लेखेर पोष्ट गर्ने क्रममा सोमबार मेयर साम्पाङले मनोरन्जनात्मकसम्बन्धि स्टाटस पोष्ट गरे । नेपालमा अहिले खुबै चलिरहेको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल–४’को विषयमा साम्पाङले आफ्नो धारणा राखे ।
उनले लेखेका छन्, ‘तिमीले खाएको कसम साँचो भाको भए… यसपालिको voice of nepal चाहिँ नारी हुनु पर्छ है ! कहिले कहिँ त female contestant लाई पनि जिताऔँ न हौ ! कि कसो ?’
‘तिमीले खाएको कसम साँचो भाको भए…’ गीतकार दर्पण राईद्वारा रचित यो गीत गायिका मेलिना राईले गाएकी हुन् । जुन गीत द भ्वाइस अफ नेपाल–४ का कोच राजेश पायल राईको टिमबाट ब्याटल राउण्डमा सबिना योङहाङ र नम्रता राईले गाएका थिए । र, उक्त ब्याटल राउण्डबाट नकआउट चरणमा सबिना प्रवेश गरेकी थिइन् ।
यसैलाई संकेत गर्दै मेयर साम्पाङले यसपालिको द भ्वाइस अफ नेपाल सिजन–४ को विजेता महिला बन्नुपर्ने भनेका थिए । उनको मतलब सबिनाले यसपालिको द भ्वाइस अफ नेपाल सिजन–४ को उपाधि जिते उचित हुन्थ्यो ।
मेयर साम्पाङले आफ्नो धारणा राख्न नपाउँदै उनको स्टाटसको विषयमा विमति र सहमति जनाउनेहरुको ओइरो लागेको छ । कसैले मेल फिमेल भन्ने भन्दा पनि जस्को स्वर राम्रो छ उसैले उपाधि जित्नुपर्छ भनेका छन् भने कसैले यसपालिको उपाधि महिलाले नै उचाल्नुपर्ने भनेका छन् ।
मिलन पोख्रेरलले मेयर साम्पाङको स्टाटससँग आपत्ति जनाउँदै लेख्छन्, ‘यस्तो टिमुर्किएको बात नगरौ हर्क जि । जित्ने हार्ने भन्या कलाले हो कुनै वर्ग ले होइन । बोल्दा वा लेख्दा अलिक ख्याल गर्ने गरौँ अहमता त्यागौँ । हुँदैन जस्को राम्रो छ कला उसैले जित्ने हो । यस्लाई जिताउ, उस्लाई जिताउ भन्ने कोचले होइन आफ्नो कलाले जित्ने हो ।’
यस्तै, जिनिस केसी लेख्छन्, ‘मेल फिमेल भन्ने हुदैन जस्को राम्रो छ कला उसैले जित्ने हो यस्लाइ जिताउ उस्लाई जिताउ भन्ने कोच ले होइन आफ्नो कला ले जित्ने हो ।’
पर्शुराम रिजाल लेख्छन्, ‘जसको क्षमता छ पक्कै त्यो आउँछ नै हैन र ?? नत्र अघिल्लो चुनावमा धरानको मेयरमा पनि एक महिला जिताएको भए के जान्थ्यो भने जस्तै मात्रै हो मेयर साब !’
यसैगरी थुप्रैले मेयर साम्पाङको स्टाटसलाई लिएर आपत्ति र असहमति जनाएका छन् भने कयौँले पुरुषले जितिरहेको उपाधि यसपालि महिलाले जित्नुपर्नेमा सहमति जनाएका छन् ।
Leave a Reply
काठमाडाैं ।
वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरुलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ ।
मंगलवार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरुसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरुलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिबद्धता जनाएको हो ।
छलफलमा बोल्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णाली प्रदेशमा वर्षाको कारण सडक मार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको विद्यमान समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरुसँग भएका जहाजको उडान थप गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले विमानस्थलहरुमा अलपत्र परेका यात्रुहरुलाई कर्णाली प्रदेशमा हुम्मा,जुम्ला र डोल्पाबाट उद्धार गरेर नजिकैको विमानस्थलमा उद्धार गर्ने तयारी गरेको बताउनु भयो ।
उहाँले कर्णालीको हवाई उडान समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले कर्णालीका विमानस्थलहरुमा अलपत्र नागरिकहरुको उद्धारको लागि नेपाल एयरलाइन्स र नेपाली सेनाको जहाज प्रयोग गर्नुपर्ने बताउनु भयो । उ
हाँले कर्णालीमा हवाई उडानको लागि भइरहेको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो,‘ कर्णाली प्रदेशमा हवाई उडानसम्बन्धी विद्यमान समस्या समाधान गर्न तथा विमानस्थलमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउने वायुसेवा सञ्चालकहरुसँग भएका हवाई जहाजहरुको उडान सही रुपमा प्रयोग गर्ने निर्णय गरेको छौं । कर्णालीमा देखिएको स्थानीय स्तरको समस्याको लागि सुरक्षाको विषयमा सुरक्षा संयन्त्रसँग समन्वय गर्ने र विमानस्थल भन्दा बाहिर बसेर हवाई उडानमा केही व्यक्तिले गरेका अनियमितता रोक्न विद्युतीय माध्यमबाट इटिकटको व्यवस्था गर्ने निर्णय भयो । विमानस्थलमा अलपत्र परेर बसेकका नागरिकहरुलाई तत्काल उद्धार गर्न नेपाल सरकारबाट सञ्चालित नेपाल एयरलाइन्स र नेपाली सेनाका केही जहाज पाउनुप¥यो । कर्णालीको मानविय संकट समाधानको लागि सरकार र निजी क्षेत्रको सहकार्यमा गर्ने सहमति भयो । हामीसँग भइका जहाजहरुलाई कर्णालीमा हवाई उडान गर्ने प्रयास गर्छौं । तत्काल बढी भन्दा बढी एयर क्राफ्टहरुले उडान गरेर डोल्पा,हुम्ला र जुम्लाबाट नेपालगञ्ज वा नजिकको विमानस्थलमा ल्याउने तयारी गरेका छौं ।’
कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अविरल वर्षाको कारण कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हवाई उडान प्रभावित भएर यात्रुहरु अलपत्र हुँदा मानवीय संकट आउने अवस्था सिर्जना भएको बताउनु भयो ।
उहाँले वर्षको कारण सडक मार्गसमेत अवरुद्ध भइ उडान चाप बढेको बताउनु भयो । भण्डारीले हवाई यात्रुहरुको चाप अत्याधिक भएको अवस्थामासमेत हवाई उडान कम्पनीहरुको उडान कटौती गरेको बताउनु भयो । उहाँले कर्णालीका विमानस्थलहरुमा अलपत्र परेका हवाई यात्रुहरुलाई तत्काल उद्धार गर्नको लागि नेपाल वायुसेवा सञ्चालक संघसँग माग गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ गत हप्ता देशभर आएको अविरल वर्षको कारण कर्णाली प्रदेशका हिमाली जिल्लाहरु बढी हवाई उडान प्रभावित भएको छ । हवाई उडान मात्रै नभएर सडकसमेत अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा हवाई उडानमा कटौती भएको छ । कर्णालीमा सडकहरु अवरुद्ध हुँदा कर्णालीमा हवाई यात्रुहरुको चाप बढेको अवस्था छ । अहिले विमानस्थलहरुमा भएको हवाई उडानको सख्याले यात्रुहरुको चाप थेग्न नसक्ने भएको छ । कर्णालीका विमानस्थलहरुमा अलपत्र परेका हवाई यात्रुहरुलाई तत्काल उदार गर्नको लागि नेपाल वायुसेवा सञ्चालक संघसँग भेटघाट गरेका छौं । कर्णालीमा निजी वायु सेवा कम्पनीहरुले उडान गर्दैै आउनुभएको छ । निजी वायुसेवाहरुलाई मानवीय समस्या भएको बेलामा कर्णालीमा सहयोग गर्न हवाई उडानको संख्या बढाउन अनुरोध गरेका छौं । कर्णाली हवाई उडानमा अनियमिता रहेकाले हवाई उडानको लागि अनलाइन टिकट कार्यान्वयन गर्न माग गरेका छौं ।’
भण्डारी नेतृत्वको टोलीले मंगलवार नै पर्यटन मन्त्रीलाई भेटेर कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको थियो । केही दिन अघिको वर्षाका कारण सडक बाटोको सञ्जाल, विद्युत र टेलिफोन सेवासमेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालीकोट लगायतका जिल्ला सम्पर्क विच्छेद छन् ।