बुधबार २० मंसिर २०८०

मेलम्ची बाढीपीडितलाई आयल निगमद्वारा ग्यास सिलिण्डर र चुल्हो सहयोग
समाचार
June 18, 2021AutherLeave A CommentOn मेलम्ची बाढीपीडितलाई आयल निगमद्वारा ग्यास सिलिण्डर र चुल्हो सहयोग
काठमाडौं । नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास चुल्हो र खाद्यान्न हस्तान्तरण गरे।जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उक्त सामग्री प्रभावितलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रका सयौँ घरमा क्षति पुर्याएको छ।बाढीबाट सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका छन्।निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समस्यामा परेका नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Last Updated on: June 18th, 2021 at 7:21 pm
६४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया