मंगलबार १६ आश्विन २०८०

काठमाडौं । छोरीलाई जन्म दिएपछि अभिनेत्री श्वेता खड्काले आफू सुन्दर शब्द ‘आमा’ बाट सम्बोधित हुने मौका पाएको बताएकी छन् ।

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा छोरीको तस्वीर सार्वजनिक गर्दै उनले आफू भाग्यमानी नारी रहेको बताएकी हुन् । साथै उनले आफूले जीवनको सबैभन्दा ठूलो अवार्ड पाएको समेत बताएकी छन् ।

श्वेताले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो खुशी व्यक्त गर्दै छोरीको जन्मलाई सबैभन्दा अमूल्य प्राप्ति र बहुमूल्य सम्पत्ति भनेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘आजबाट मैले संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’ बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो , सबैभन्दा अमूल्य प्राप्ती अनि बहुमुल्य सम्पत्ती ।’

श्वेताले लामो अन्तराल पश्चात् आफ्नो जीवनमा खुशीको अर्को अध्याय थपिएको बताएकी छन् । उनी लेख्छिन्, ‘मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशीको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ ।’

यसैबीच, उनले प्रशव अवस्थामा स्वास्थ्यको कामना गरेर आफूप्रति सहानुभूति जनाउने आफन्त, परिवार र शुभचिन्तकलाई आभार प्रकट गर्दै श्रीमान् विजयन्द्र सिंह रावतप्रति माया दर्शाएकी छन् ।

श्वेताले मंगलबार दिउँसो पहिलो सन्तानको रुपमा छोरीलाई काठमाडौंको जमलस्थित ग्रान्डी सिटी अस्पतालमा जन्म दिएकी हुन् । पछिल्लो समय फिल्मभन्दा व्यापार-व्यवसायमा उनी सक्रिय रहेकी छन् ।

जोमसोम :

मुस्ताङमा एक विदेशी र अर्को एकजना नेपाली पर्यटकको दुई थान मानवरहित हवाई उपकरण (ड्रोन क्यामेरा)जिल्ला प्रहरी कार्यालय मुस्ताङले जफत गरेको छ। जफत गरेको उक्त ड्रोन प्रहरीले जोमसोम नागरिक उड्डयन कार्यालय मुस्ताङलाई बुझाएको छ।

शुक्रबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी माथिको सेल्फी पार्क र थासाङ गाउँपालिका–३ लेतेमा ड्रोन इजाजत र प्रशासनको अनुमतीबिना उडाउँदै गरेको अवस्थामा नेपाली र विदेशी पर्यटकले प्रयोग गरेको ड्रोन क्यामेरा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ जाने सडकको सेल्फी पार्कमा भारतको हैदरावादबाट मुस्ताङ घुम्न आएका ३२ वर्षीय भारतीय पर्यटक नागराज वाकेटीको ७५० ग्राम तौल भएको ड्रोन क्यामेरा बरामद गरी जफत गरिएको हो।

ड्रोन इजाजत नभएको र स्थानीय प्रशासनबाट ड्रोन उडान अनुमतीपत्रसमेत नलिइ एक्लै ड्रोन उडाउँदै गरेको अवस्थामा एक स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयबाट सूचना प्राप्त भएपछि कागबेनी प्रहरी चौकीले भारतीय पर्यटक वाकेटीलाई ड्रोन क्यामेरासहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा पेश गरेको थियो। भारतीय पर्यटकको ड्रोन जफत गरेर सोधपुछ गरी प्रहरीले छोडेको थियो।

यस्तै, शुक्रबार नै मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा ड्रोन उडाउँदै गरेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका घर भइ मुस्ताङ घुम्न आएका २९ वर्षीय स्वासत खरेलको २४९ ग्राम तौल भएको ड्रोन प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले पनि ड्रोन इजाजत र प्रशासनको उडान अनुमतिपत्र नलिएकाले प्रहरीले ड्रोन क्यामेरा जफत गरेको हो।

कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, कलासंस्कृति, मनोरञ्जन, विकास तथा विपद् व्यवस्थापन, सुरक्षा तथा आम सञ्चार जस्ता विषयमा अध्ययन अनुसन्धान, सूचना सम्प्रेषण र सर्वेक्षण आदिका लागि ड्रोन उपयोग गर्ने व्यक्ति, संघ र संस्थालगायतका निकायले नेपाल नागरिक उड््यन प्राधिकरणको अनुमति लिनुपर्ने हुन्छ। यस्तै ड्रोन उपरकण प्रयोग गर्नुअघि सम्वन्धित क्षेत्रको स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने हुन्छ। चालु आर्थिक वर्षमा मुस्ताङमा मानवरहित हवाई उपकरण (ड्रोन क्यामेरा) उडाउन ९ जनाले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लिखित अनुमति लिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए। उनका अनुसार ड्रोन उडानका लागि अनुमति लिन आउनेलाई ड्रोन ईजाजतपत्र भए नभएको प्रमाणित गरेर मात्र अनुमति दिने गरेको बताए।


Last Updated on: November 2nd, 2022 at 2:58 pm
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया