आइतबार १४ जेठ २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संसारकै लोकप्रिय नेताको पहिलो स्थानमा
अन्तरास्ट्रिय
June 18, 2021EditorLeave A CommentOn भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संसारकै लोकप्रिय नेताको पहिलो स्थानमा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्य विश्व नेताहरुलाई उछिन्दै संसारकै लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा सूचीकृत भएका छन् ।अमेरिकाको डेटा इन्टिलेजेन्स फर्म मर्निङ कन्सल्टको पछिल्लो सर्वेमा मोदी विश्व नेताहरुको पहिलो स्थानमा छन् ।

मोदीको अप्रुभल रेटिङ १०० मा ६६ प्रतिशत छ ।उक्त फर्मले शुक्रबार बिहान सार्वजनिक गरेको सूचीमा अमेरिकी राष्ट्रपति बाइडेनको अप्रुभल रेटिङ ५३ प्रतिशत छ र उनी छैठौं स्थानमा छन् । इटालीका मारियो ड्राघी ६५ प्रतिशतपछि दोस्रो स्थानमा छन् ।

उक्त अध्ययनमा अमेरिका, बेलायत, रुस, अष्ट्रेलिया, क्यानडा, ब्राजिल, फ्रान्स र जर्मनीसहित १३ मुलुकका नेतालाई समावेश गरिएको थियो । यो वर्ष मोदीको लोकप्रियतामा २० प्रतिशत गिरावट आएको छ र अहिले पनि ६६ प्रतिशतले उनलाई रुचाउँछन् ।मर्निङ कन्सल्टले प्रत्येक साता राजनीतिक उथलपुथल अनुसार लोकप्रियता मापनको ट्रयाक अपडेट गर्नेगर्छ ।

मोदीको लोकप्रियता उकालो लाग्नुमा गत जुन ७ मा उनले देशवासीको नाममा सम्बोधन गर्नुलाई कारण मानिएको छ ।जुन सम्बोधनमा मोदीले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क को-भि’ड खोप लगाउने घोषणा गरेका थिए । राज्य सरकारलाई ७५ प्रतिशत खोप आपूर्ति गर्ने घोषणा पनि उनले गरेका थिए ।

उनले नोभेम्बरसम्म ८० करोड नागरिकलाई निःशुल्क खाना बाँडने घोषणा पनि गरेका थिए ।


Last Updated on: June 18th, 2021 at 7:25 pm
७२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया