
काठमाण्डौ
भ्वाइसबाट उठाएको पैसा बोराभरी बोकेर रुँदै आफ्नो गृहजिल्ला गएर मेलम्चीका बाढी पिडितहरुलाई बाँडेर फर्किए भ्वाइसका कोच राजु लामा, पिडितहरुलाई राहात बाँड्दा भक्कानिए राजु, भ्वायसका तृष्ण, प्रमोद घरमा नै बस्दा ठूलो मनका धनी राजु भने बाडी पिडितलाई भेट्न सिन्धुपाल्चोक पुगे, सलाम छ राजु तिमीलाई
कोरोनालाई जितेर घर फर्किए पनि भ्वाईसको मञ्चमा अझै जान सकेनन् कोच दीप , घरबाट नै दीपले प्रमोद, तृष्णा, राजु र आफ्नो टिमका प्रतिस्पर्धीलाई सम्झिँदै भक्कानिए, हेर्नुहोस् दीपले रुँदै पठाएको यो सन्देश भिडियोमा
यो पनि हेर्नुहोस्
काठमाडौं। कुमार अधिकारी र अर्जुन अधिकारी काम खोज्दै काठमाडौं आइपुगेको केही दिन मात्र भएको थियो। निषेधाज्ञाबीच उनीहरु ठेकेदारको पछि लाग्दै काम खोज्दै थिए। काम पाइसकेका थिएनन्।
मंगलबार साँझ इन्द्रावती र मेलम्चीमा आएको बाढीले मेलम्ची बजार केही बेरमै छोप्यो। पुलहरु बगे। किनारका घरहरु बगे। अनि मान्छेहरु पनि। मेलम्चीको पुरानो बजारमा पुल नजिकै रहेका कुमार र अर्जुनका जस्ताका टहरा पनि बगे। कुमारका दुई छोरी र श्रीमती तथा अर्जुनका तीन छोराछोरी र श्रीमतीलाई खोलाले बगायो।
‘मेरा छोराछोरीको उद्धार भयो तर श्रीमती भेटिएकी छैनन् भन्ने सुनेको छु’, बिहीबार साँखुबाट पैदलै मेलम्ची जाँदै गरेका अर्जुन भन्दै थिए। उनीसँगै थिए, कुमार पनि। कुमार र अर्जुन दाजुभाइका छोरा हुन्। उनीहरु वर्षौदेखि पुरानो बजारमा पुल नजिकै टहरा बनाएर बसिरहेका थिए। ‘गरिब मान्छे, काम पाइन्छ कि भनेर काठमाडौंतिर गएको थिएँ, यता यस्तो भयो’, अर्जुन भन्दै थिए। घटना सुनेपछि अर्जुनले खाना खाएका छैनन्।
‘जबसम्म श्रीमतीको शव भेटिँदैन तवसम्म मेरो मनले मान्ने छैन’, उनी भन्छन्। कुमारका ११ र १४ वर्षका दुई छोरी र श्रीमतीको अझै अत्तोपत्तो छैन। ‘सुन्ने वित्तिकै मलाई यहाँ आउन मन नै लागेको थिएन। तर दाइ (अर्जुन)ले बल गरेपछि आज हिँड्दै आएको। काज किरिया त गर्नैपर्यो’, कुमार भन्दै थिए।
मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची,हेलम्बुलगायत ठाउँमा सयौँ मानिस विस्थापित भएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले हालसम्म ३ जनाको श’व भेटिएको र १३ जना बे’पत्ता रहेको जानकारी दिए।