आइतबार १४ आश्विन २०८०

जाजरकोट / जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा हराइ’रहेका सातै जना सकु’शल फे’ला परेका छन् । प्र’हरी र स्थानिय बासिन्दाले बेप’त्ताको सकु’शल उद्धा’र गरेका हुन् ।

घरपालुवा गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका-८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्ये सात जना गत जेठ ३१ गतेदेखि सम्प’र्कबिहीन भएका थिए।

जलजला लेकको एक खोचमा सातै जना गुटमु’टिएर बसेको अवस्थामा प्रह’रीले फे’ला पारेको हो । उद्धा’र गरिएकाले पाँच दिनदेखि खानेकुरा पानी स’मेत नखा’एको र चिसोले गर्दा उनीहरू निकै नै कम’जोर अव’स्थामा भेटिएका हुन् । उनीहरुलाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट घर फर्काइएको थियो ।

प्रह’रीका अनुसार हावाहुरी सहितको पानी पर्न थालेपछि ११ मध्ये चार जना भा’गेर ज्या’न जोगा’एका थिए भने अन्य ७ जना चार दिनसम्म सम्प’र्कविहीन थिए ।

जिल्ला प्र’हरी प्रमुख थापाका अनुसार कुशे गाँउपालिका- ८ औलरिजाका डिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, भीमबहादुर खड्का, धनसरा खड्का र सोही गाँउपालिका वडा नम्बर ९ का कृष्ण रोकाय सकु’शल फे’ला परेका हुन् ।

उनीहरू सँगसँगै सोही दिनदेखि नै हरा’इरहेका २२ ओटा गाई, ५० ओटा बाख्रा र १० ओटा भैंसी भने अझै फे”ला पर्न सकेका छैनन् । हराइरहेका ती चौपायाहरुको पनि स्थानीयबासीहरुको सक्रियतामा खो’जी कार्य भईरहेको छ । – राजेन्द्र कार्की / अन्न’पूर्ण पो’ष्टबाट ।


Last Updated on: June 20th, 2021 at 12:23 am
४४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया